सांसदहरुको बायोमेट्रिक लिन शुरु, विद्युतीय हाजिरी लागू गर्ने तयारी

Technology Khabar ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

संसद सचिवालयले सांसदहरूको लागि विद्युतीय हाजिरी लागू गर्ने तयारी गरेको छ।

सचिवालयले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूको बायोमेट्रिक लिन शुरू गरेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरे।

आजदेखि बायोमेट्रिक लिन शुरु गरिएको छ छिटै लागू गर्ने संसद सचिवालयले जनाएको छ।

संसदमा विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्ने माग उठ्दै आएको थियो।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया