टोयोटा र सुजुकीको सहकार्य, मिनी इलेक्ट्रिक भ्यान र नयाँ बीईभी प्लेटफर्म निर्माण गर्ने

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार
टोयोटा र सुजुकीको सहकार्य, मिनी इलेक्ट्रिक भ्यान र नयाँ बीईभी प्लेटफर्म निर्माण गर्ने

काठमाडौं ।

टोयोटाले सुजुकीसँग मिलेर नयाँ मिनी इलेक्ट्रिक भ्यान विकास गरिरहेको छ। साथै दुई कम्पनीले डाइहात्सु मोटरसँग मिलेर ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) स्सिटम (प्रणाली) पनि विकास गरेका छन्।

नयाँ बिईभी प्लेटफर्म न्यू जेनेरेसन (नयाँ पुस्ता) को इलेक्ट्रिक (विद्युतीय) मिनिभ्यान्सको केन्द्रमा रहेको छ। टोयोटाले बिस्तारै ईभी बजारमा राफ्टको अफरिङ्गस र लगानीको साथ प्रवेश गर्दै गरेको गीज्मोचाइनाले लेखेको छ।

टोयोटाले आफ्नो बीईभी रणनीतिको विकासलाई तीव्रता दिनका लागि ठोस प्रयास गरेको र यस प्रक्रियालाई नयाँ सीईओ कोजी सातोले अगाडि बढाउने बताइएको छ। जापानी अटोमेकरले २०२६ सम्ममा दस नयाँ ईभीहरू ल्याउने योजना बनाएको र वार्षिक रूपमा लगभग १.५ मिलियन एकाइहरूको अनुमानित बिक्री आउटले (परिव्यय) रहेकोछ।

टोयोटाले आफ्नो पहिलो ईभी बीजेड४एक्स को लागि अपेक्षा गरेको भन्दा कम रुची पाएको हुनाले अब त्यसलाई आफ्नो नयाँ रणनीतिले ग्रहणमा पार्ने अपेक्षा गरिएको छ। त्यसैगरी बीवाईडीसँग मिलेर सह–विकास गरिएको टोयोटाको दोस्रो ईभी बीजेड ३ गत महिना चीनमा रिलिज गरिएको थियो। साथै टोयोटा लाइनअपमा बीजेड फ्लेक्सस्पेस र एरोडायनामिक स्पोर्ट्स ईभी सहित अन्य धेरै ईभी मोडलहरू पनि रहेको बताइएको छ।

नयाँ बीईभी प्लेटफर्म २०२६ सम्ममा सञ्चालनमा आउने योजना रहेको र यसले टोयोटा ईभीको दायरामा उल्लेखनीय वृद्धि देख्न सकिने उल्लेख छ। साथै यस प्रविधिले हाइली इफिसियन्ट (उच्च कुशल) ब्याट्रीको प्रयोग गरी भविष्यका ईभीको दायरा दोब्बर बनाउने कम्पनीको दाबी रहेको छ। त्यसै गरी तीन जापानी अटोमेकरहरू टोयोटा, सुजुकी, र डाइहात्सु मोटरले नयाँ इलेक्ट्रिक मिनिभ्यान्सका लागि बीईभी प्लेटफर्म पनि प्रयोग गर्ने छ।

सह–विकसित बीईभी प्लेटफर्म लागू गर्ने मिनी इलेक्ट्रिक भ्यानको प्रोटोटाइप यस हप्ता प्रदर्शनी गरिने बताइएको छ। उक्त प्रदर्शनी भने जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले आयोजना गर्न लागेको उल्लेख छ।

इलेक्ट्रिक मिनिभ्यान्समा टोयोटा, सुजुकी र डाइहात्सु मोडलका विशेषताहरू समावेश गरिने बताइएको छ। उक्त कारहरूले टोयोटाको इलेक्ट्रिफिकेसन टेक्नोलोजी (विद्युतीकरण प्रविधि)को संयोजनमा स्मल–साइज्ड (साना आकारका) कारहरूमा सुजुकी र दाइहात्सुको विशेषज्ञता झल्काउने बताइएको छ। पहिलो मोडल भने दाइहात्सु द्वारा निर्माण गर्ने बताइएको छ भने टोयोटा र सुजुकीले क्यु४, २०२३ सम्ममा आफ्नो मोडल रिलिज गर्ने उल्लेख गरिएको छ। नयाँ इलेक्ट्रिक मिनिभ्यानहरूले फूल चार्जमा न्यूनतम २०० किलोमिटरको दायरा (रेन्ज) प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...