इन्टरनेटको मूल्य बढाउन लागिएकोमा सांसद पौडेलको आपत्ति, गराए सरकारको ध्यानाकर्षण

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार
इन्टरनेटको मूल्य बढाउन लागिएकोमा सांसद पौडेलको आपत्ति, गराए सरकारको ध्यानाकर्षण
फाइल तस्वीर

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायकहरुले अनुचितरुपमा मूल्य बढाउन लागेको भन्दै आपत्ति व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस नेता पौडेलले इन्टरनेटमा मूल्य बढाउन खोजिनु अनुचित भएको बताए।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले इन्टरनेट सेवा प्रदायकहरुले सेवाको गुणस्तर बढाउनुपर्नेमा मूल्य बढाउन तर्फ लागेको भन्दै आपत्ति जनाए।

“प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ। अहिले उपलब्ध सेवामा गुणस्तरीयता, गति क्षमता, निरन्तरता केहि पनि छैन्,” सांसद पौडेलले भने,’ “इन्टरनेट सेवा प्रदायक कम्पनीले रातारात मिलेर मूल्य बढाउन लागेका छन् भन्ने सुन्नमा आएको छ।”

उनले सेवाग्राहीको छनोट गर्ने अधिकारलाई समेत बेवास्ता गरेर बजारलाई प्रतिस्पर्धाबाट बिमुख गराउन नपाईनेमा ध्यानाकर्षण गराए।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार