६९ मुलकबाट २० अर्ब ४१ करोड रुपैयाँको स्मार्टफोन भित्रियो, चीनबाट मात्रै १२ अर्बको आयात

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपालमा यस वर्ष हालसम्म २० अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात भएको छ।

चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्म २० अर्ब ४१ करोड ९३ लाख २१ हजार रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार बैशाखमा मसान्तसम्म उक्त रकम बराबरको १३ लाख ९ हजार ८५६ यूनिट स्मार्टफोन आयात भएको हो।

स्मार्टफोनको आयातबाट सरकारले ३ अर्ब ८१ करोड १५ लाख ४८ हजार रुपैयाँ राजश्व प्राप्त गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चैतमा १८ अर्ब ६६ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरको १२ लाख ११ हजार ७८६ यूनिट स्मार्टफोन आयात भएको थियो। बैशाखमा १ अर्ब ७५ करोड ४९ लाख ८३ हजार रुपैयाँ बराबरको ९८ हजार ७० यूनिट स्मार्टफोन आयात भएको छ।

नेपालमा ६९ ओटा मुलुकबाट स्मार्टफोन आयात हुने गरेको छ।

सबैभन्दा धेरै स्मार्टफोन चीनबाट नेपाल भित्रिने गरेको छ। चीनबाट १२ अर्ब ५८ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको ८ लाख ७४ हजार ४९० यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ६ अर्ब ३३ करोड ९३ लाख ६१ हजार रुपैयाँ बराबरको ४ लाख १५ हजार ९८३ यूनिट स्मार्टफोन आयात भएको छ।

भियतनामबाट ८१ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको ७ हजार स्मार्टफोन आयात भएको देखिन्छ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया