यामाहाले ‘वाईडीएक्स–मोरो०७’ ई–बाइक सार्वजनिक गर्दै

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

यामाहाले ई–बाइक निर्माणको तीन दशक पुरा गरेको अवसरमा एक सीमित संस्करणको ई–बाइक अनावरण गर्ने भएको छ। सो अवसरमा कम्पनीले वाईडीएक्स–मोरो ०७ इलेक्ट्रिक माउन्टेन बाइकको एक विशेष संस्करण अनावरण गर्नेछ।

सन् १९९३ मा इलेक्ट्रिक बाइक उत्पादनको थालनी गर्ने यामाहा पहिलो कम्पनी बनेको थियो। ३०औँ वार्षिकोत्सव विशेष संस्करण वाईडीएक्स–मोरो ०७ यfमाहाको अहिलेसम्मकै सबैभन्दा नवीन ई–एमटीबी भएको गीज्मोचाइनाले लेखेको छ।

वाईडीएक्स–मोरो ०७ को ओरिजीनल (मूल) मोडल पहिलो पटक सन् २०२० मा लन्च गरिएको थियो भने सन् २०२२ मा रिफ्रेस्ड गरिएको बताइएको छ। वाईडीएक्स–मोरो ०७ एक इनोभेटिभ डुअल ट्विन फ्रेम डिजाइनको साथ फुल–सस्पेन्सन ई–बाइक भएको बताइएको छ। यस ई–बाइकको तल र माथिको दुबै ट्युबलाई दुई फरक फ्रेम मेम्बर्समा विभाजन गरिएको छ। ट्यूबहरू बीचको एयर ग्याप्सले ब्याट्री र रियर सस्पेन्सनको लागि ठाउँ प्रदान गर्दछ। साथै सीमित संस्करणको यामाहा कम्मेमोरेटिभ (स्मरणीय) ई–बाइक कम्प्याक्ट, लाइट वेट (हल्का तौल) र हाई–पर्फमेन्स (उच्च प्रदर्शन) भएको उल्लेख गरिएको छ।

यामाहाले इनोभेटिभ (नवीन) र पर्फमेन्स ड्रिभन अफरिङ्गसहरूको साथ ई–बाइक विकासमा गति सेट गर्न जारी राख्ने योजना बनाएको छ। साथै प्रत्येक दिन रमाइलो र थप फूलफिलिङ्ग ई–बाइकहरू उपलब्ध गराउन जारी राख्नु कम्पनीको लक्ष्य रहेको छ।

यामाहा वाईडीएक्स–मोरो ०७ ई–बाइक पीडब्ल्यू–एक्स३ मोटर सहित अटोमेटिक स्पिड मोड्युलेसनको लागि क्वाड–सेन्सर प्रणालीद्वारा संचालित रहेको बताइएको छ। साथै उक्त पीडब्ल्यू–एक्स३ उच्च टर्क आउटपुट भएको यामाहाको सबैभन्दा उन्नत ई–बाइक ड्राइभ प्रणाली भएको बताइएको छ। यसले पावर असिस्ट साइकलमा सहयोगको सहज डेलिभरी प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसै गरी बाइकमा यामाहा रेसिङ ब्लू रकर लिंक र हेड ट्युबका साथै कम्मेमोरेटिभ थ्रीडी ब्याज र डेकल पनि रहेको बताइएको छ। बाइकको अधिकतम ८५एनएम टर्क र ५०० वाट को अधिकतम पावर आउटपुट रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार