एप्पल आईफोन १५ प्रो म्याक्समा रिफ्रेस रियर क्यामरा डिजाइन राखिने

  • Technology Khabar | ७ जेष्ठ २०८०, आईतवार
एप्पल आईफोन १५ प्रो म्याक्समा रिफ्रेस रियर क्यामरा डिजाइन राखिने

काठमाडौं ।

एप्पलले यस वर्षको अन्त्यमा नयाँ आईफोन १५ सिरिज लन्च गर्ने तयारी गरिरहेको छ। यद्यपि, उक्त सिरिज रिलीज हुनुअघि नै आगामी स्मार्टफोनहरूको बारेमा धेरै अफवाहहरू र लीकहरू आईरहेका छन्।

र हालैका रिपोर्टले आगामी स्मार्टफोनहरूको केहि अपडेट गरिएको डिजाइन इलिमेन्ट्स (तत्वहरू) प्रकट गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

क्युपर्टिनो बेस्ड जायन्टले आगामी आईफोन १५ प्रो म्याक्स मोडलहरूको पछाडिको डिजाइनमा हल्का परिवर्तनहरू गर्ने योजना बनाइरहेको उल्लेख छ। उक्त समाचार टिपस्टर अननोन्न२१बाट आएको र स्रोतले ट्विटरमार्फत जानकारी साझा गरेको बताइएको छ। साथै उक्त लीकमा ब्रान्डले पछाडिको क्यामरा मोड्युललाई रिफ्रेस गर्ने योजना गरिरहेको बताएको उल्लेख छ।

आईफोन १५ प्रो म्याक्सले क्यामरा सेन्सरहरूको लागि नयाँ लेआउट फिचर गर्ने र त्यसमा नयाँ पेरिस्कोप क्यामरा लेन्स पनि समावेश गरिने अनुमान छ।

यस नयाँ सेन्सरले नयाँ आईफोनहरूमा यसको म्याग्निफिकेसन क्षमताहरू थप्नेछ। यद्यपि, यी सेन्सर हाइ इन्ड प्रो मोडलहरूको लागि मात्र हुने बताइएको छ। त्यसै गरी यी नयाँ सेन्सरहरूले कथित रूपमा ५एक्स वा ६एक्स सम्मको अप्टिकल जुम पनि प्रदान गर्नेछन्। साथै यस नयाँ सेन्सरलाई समायोजन गर्नका लागि भनेर रियर क्यामरा मोड्युल लेआउटमा परिवर्तन गरिएको उल्लेख छ।

अर्कोतर्फ सबैभन्दा किफायती आईफोन १५ र आईफोन १५ प्लस मा भने पहिलेकै जेनका आईफोन १४ प्रो मोडेलहरूको ४८ मेगापिक्सेल क्यामराको साथमा आउने अपेक्षा गरिएको छ।

नयाँ लेआउटमा रियर क्यामरा मोड्युलमा अल्ट्रा वाइड एङ्गल लेन्स र टेलिफोटो क्यामरा स्वाप स्पट हुनेछन्। आईफोन १५ प्रो म्याक्स मोडलको फ्ल्यास र एलआईडीएआर सेन्सर बीचको क्यामरामा नयाँ पेरिस्कोप लेन्स रहने बताइएको छ। साथै मोड्युलमा राख्नुपर्ने नयाँ हार्डवेयरको कारणले लेआउटमा परिवर्तन भएको उल्लेख छ।

प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार