
काठमाडौं ।
हरेक सरकारी अस्पतालले शय्या उपलब्धताबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत दैनिक उपलब्ध गराउन निर्देशन दिएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले संघिय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका तथा रिक्त शैय्या संख्याको विवरण बेबसाइटमा दैनिक अद्यावधिक गर्नुपर्ने जानकारी दिए।
उनले भने, “ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शैय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ। काठमाडौँमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ”, उनले भने, “सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ।”
अस्पतालको शय्या खोजीमा हिँड्दाहिँड्दै बिरामी मृत्यु हुने गरेको भन्दै उनले सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले आगामी सात दिनभित्र अनिवार्य रूपमा यस्तो विवरण बेबसाइटमा राख्न थाल्नुपर्ने बताए।
अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिएका छन्।
स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयको समन्वयमा मात्र उपकरण खरिद गर्न अस्पताललाई निर्देशन दिइएको जानकारी दिए।
प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार