एप्पल टिभीमा लाइभ स्पोर्टसको लागि अब मल्टिभ्यू सुबिधा

  • Technology Khabar | ६ जेष्ठ २०८०, शनिबार
एप्पल टिभीमा लाइभ स्पोर्टसको लागि  अब मल्टिभ्यू सुबिधा

काठमाडौं ।

एप्पलले एप्पल टिभी फोर केमा प्रत्यक्ष खेल हेर्नको लागि मल्टिभ्यू फिचर (सुविधा) थपेको छ। अब मेजर लिग सकर खेलहरूका चार ओटा लाइभ स्ट्रिमहरू, फ्राइडे नाइट बेसबल खेलहरू, एमएलएस ३६० र एमएलबी बिग इनिङ जस्ता स्टुडियो शो हेर्न सकिने बताइएको छ।

यसअघि एप्पलको सेटटप बक्सको लागि मल्टिभ्यू विकल्पहरू तेस्रो पक्षिय सेवाहरू जस्तै फुबोटिभी, युट्युब टिभी र मार्चम्याडनेस स्ट्रिमहरूमा सीमित थिए।

त्यसैगरी कम्प्याटिबल म्याचको छनौट गरेपछि भने उपलब्ध भएका अन्य लाइभ खेलहरू एप्पल टिभी एपमा स्क्रिनको तल देखा पर्नेछ। साथै एउटा मात्र स्ट्रिमलाई विशेष रूपमा हेर्ने (अन्य भने दायाँ तिर साना विन्डोहरूमा टाइल गरिएको हुन्छ) वा स्क्रिन विभाजित (समान आकारमा) गरेर दुई देखि चार म्याचहरू हेर्नेको लागि कस्टमाइज गर्न सकिने बताइएको छ।

एमएलएसका लागि होम रेडियो प्रसारण र फ्राइडे नाइट बेसबलका लागि होम वा अवे फिडहरू गरि यसले कुन अडियो सुन्ने भनेर छनोट गर्न अनुमति दिने थप उल्लेख गरिएको छ। यदि स्ट्रिमले सम्पूर्ण ध्यानको माग गरेको खण्डमा एक क्लिकको गरेपश्चात फूल–स्क्रिन मोडमा स्विच गर्न सकिने बताइएको छ।

एमएलएस सिजन पासको लागि मल्टिभ्यू हेर्न र प्रयोग गर्न सदस्यताको शुल्कको रुपमा प्रति महिना १५ डलर (वा प्रति सिजन ९९ डलर) चार्ज लाग्ने बताइएको छ। एप्पल टिभी प्लसका सदस्यहरूले भने प्रति महिना १३ डलर (वा प्रति सिजन ७९ डलर) गरी थोरै कम पैसा तिर्नू पर्ने उल्लेख गरिएको छ।

त्यसैगरी एप्पलले नयाँ सदस्यहरूका लागि एक महिनाको र रिटर्निङ्ग सदस्यहरूका लागि अक्टोबरको अन्त्यसम्मका लागि परीक्षण प्रदान गर्ने भएको छ। यसैबीच, फ्राइडे नाइट बेसबल सबै (एप्पल टिभी प्लस सदस्यहरूका लागि उपलब्ध हुने इनग्याजेटले लेखेको छ।

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार