
काठमाडौं ।
ओपनएआईले आईफोनका लागि अमेरिकामा च्याटजीपीटी एप लन्च गरेको छ। ओपनएआईले बिहीबार अमेरिकामा आईफोनका लागि च्याटजीपीट एप लन्च गरेको लाइभमिन्टले उल्लेख गरेको छ।
यो निःशुल्क एप पछि एन्ड्रोइड फोनका लागि पनि उपलब्ध गराइनेछ।
ओपनएआईको च्याटजीपीटी प्लस सब्सक्रिप्सनका लागि भुक्तान गर्ने प्रयोगकर्ताहरूले यसको सबैभन्दा शक्तिशाली ठूलो भाषा मोडेल, जीपीटी–४ एप मार्फत पनि प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ।
वेब भर्सनको विपरित एपमा आवाज मार्फत प्रश्न सोध्न सकिन्छ।
एप्पल आईओएसमा च्याटजीपीटी एप निःशुल्क उपलब्ध हुनेछ तर हिस्ट्री डिभाइसमा सिंक हुने ओपनएआईले बताएको छ।
‘हामी अमेरिकामा हाम्रो रोलआउट सुरु गर्दैछौं र आगामी हप्ताहरुमा थप देशहरुमा विस्तार गर्नेछौं,’ ओपनएआईले नयाँ एपको घोषणा गर्दै ब्लग पोस्टमा भन्यो।
एपले ‘खाना पकाउने, यात्रा योजनाहरू, वा विचारशील सन्देशहरू सिर्जना गर्ने बारे मार्गदर्शन पनि दिन सक्छ,’ स्टार्टअपले भन्यो।
प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार