
काठमाडौं ।
डब्ल्यूडब्ल्यूडीसी भन्दा अघि एप्पलसँग आफ्नो स्टोरमा प्रमुख ओएस अपडेटहरूको अझै अर्को एउटा ब्याच रहेको बताइएको छ। कम्पनीले आईओएस १६.५, आईप्याडओएस १६.५ र म्याकओएस १३.४ अपडेटहरू रिलिज गरेको र तिनीहरु सबैमा खेलकुदका लागि समर्पित एप्पल न्यूज सेक्सन (समाचार खण्ड) पनि रहेको उल्लेख गरिएको छ।
यस न्यूज सेक्सनले गर्दा अब अन्य लेखहरूमार्फत र्याङकिङ्गस (श्रेणीकरण), स्कोर्स र स्टोरीज (समाचारहरू)को बारेमा जानकारी राख्न सकिने बताइएको छ। त्यसैगरी समाचारमा स्कोर र स्कोर कार्डहरू पनि रहेको र तिनीहरु विशेष खेलहरूको लागि सिधै पृष्ठहरूमा जाने उल्लेख गरिएको छ।
यसै बीच एप्पल टिभी फोर केमा प्रयोगकर्ताहरूले टिभी एपमा एकै पटक चार खेल स्ट्रिमहरू देखाउने मल्टिभ्यू फिचर पाउने बताइएको छ। यसमा फ्राइडे नाइट बेसबल खेलहरूका साथै एमएलएस सिजन पास खेलहरू समावेश रहेका छन्। यद्यपी यसमा तेस्रो पक्षिय सेवा समर्थन भने गणना नगरिएको इनग्याजेटले उल्लेख गरेकोछ।
अन्य सुधारहरू भने त्यति नाटकीय नभएको उल्लेख गरिएको छ। आईओएस १६.५ र वाचओएस ९.५ दुबैमा क्रमशः प्राइड वालपेपर र वाच फेएस अप्सन(माथि देखाइएको) थप्ने बताइएको छ। त्यसैगरी आईओएसका साथै स्क्रिन टाइम सिकिङ्गका मल्टिपल प्लेटफर्महरूमा कारप्ले र स्पटलाइटसहितका बग फिक्सहरूको सामान्य राउन्डको अपेक्षा गर्न सकिने बताइएको छ।
यद्यपी यो सम्भवतः आईओएस १७ अघिको अन्तिम पर्याप्त अद्यावधिक भने नहुने उल्लेख छ। म्याकरुमर्सकाअनुसार एप्पलले व्यक्तिगत रूपमा आईओएस १६.६ को परीक्षण गरिरहेको र निकट भविष्यमा सार्वजनिक बिटा प्रदान गर्न सक्ने बताइएको छ।
प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार