
काठमाडौं ।
रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ। केमियो इन्टरनेशनल प्रा. लि.ले रिभरसङको नयाँ ‘एयरफ्लाई एल ३’ नामक ईयरबड ल्याएको हो।
यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको एयरफ्लाई एल ३ले तपाँईलाई प्रत्येक साउण्डमा उत्साहित बनाउनेछ।
एयरफ्लाई एल ३ #AirflyL3 को साथमा प्रत्येक बीटको उत्कृष्ट रूपमा आनन्द लिनुहोस् जुन भित्री चार्जर र आक्रामक मूल्यको साथ अद्वितीय डिजाइनको साथ आउँछ।
यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुबिधा रहेको छ।
यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ जसले तपाईँको कमाण्डको आधारमा मनपर्ने कार्य गर्न सकिन्छ।
ब्लुटुथ: ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुनसक्दछ।
एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ। जसले ५ घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ।
टाइप-सी चार्जिङ इन्टरफेस भएको यो ईयरबड क्यालिफोर्निया संयुक्त राज्य अमेरिकामा डिजाइन गरिएको हो। जसमा १ वर्षको वारेन्टी रहेको जनाएको छ।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार