टेस्लाको ह्युमनाइड रोबोट ‘अप्टिमस’ सार्वजनिक

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
टेस्लाको ह्युमनाइड रोबोट ‘अप्टिमस’ सार्वजनिक

काठमाडौं ।

टेस्लाले आफ्नो ह्युमनाइड रोबोट ‘अप्टिमस’ सार्वजनिक गरेको छ। इलन मस्कले टर्मिनेटर जस्तो देखिने टेस्ला बोटको प्रगति देखाएका छन्। ह्युमनाइड अप्टिमस रोबोटको हिड्ने र आधारभूत कार्यहरू प्रदर्शन पनि गरिएको छ।

टेक कम्पनीले उनीहरूसँग अब ‘मल्टिपल पूर्ण रूपमा टेस्ला–निर्मित बटहरू छन् जुन अहिले हिड्न सक्षम छ र वास्तविक संसारको बारेमा सिक्दैछ।’

रोबोटहरू अफिस र फ्याक्ट्रीको वातावरणको वरिपरि हिड्नुका साथै वस्तुहरू उठाउन र सार्ने काम गरिरहेको देखिएको वेसअनलाइनले उल्लेख गरेको छ।

रोबोटलाई ५ फिट ८ इन्च (१७३ सीएम) अग्लो र १२ पाउण्ड (५७ किलोग्राम) तौलको बनाउने योजना छ। टेस्ला बोटको घोषणा १९ अगस्ट २०२१ मा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स डे कार्यक्रममा गरिएको थियो।

मस्कको विचारमा ओप्टिमस समयसँगै सवारी व्यवसाय भन्दा बढी महत्वपूर्ण हुन सक्ने सम्भावना रहेको बताएका थिए।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार