
काठमाडौं ।
मेटा प्लेटफर्म्स इंकले एक शीर्ष ईयू अदालतको चेतावनीको पालना गर्न असफल भएकोमा फेसबुकको ईयू प्रयोगकर्ताहरूको डाटा स्थानान्तरणसँग सम्बन्धित युरोपियन युनियन गोपनीयता जरिवानाको सामना गर्नुपर्ने भएको छ।
यस मामिलासँग परिचित दुई स्रोतहरूलाई उदृत गर्दै रोयटर्सले रिपोर्टमा उक्त जरिवाना अमेजन डट कम इंकलाई पहिलेको रेकर्ड ७४६ मिलियन युरो (८२१.२० मिलियन डलर) जरिवाना भन्दा बढी हुने उल्लेख गरेको छ।
आयरल्यान्डको डाटा संरक्षण आयुक्त हेलेन डिक्सनको नेतृत्वमा ईयू नियामकहरूले अमेरिकी गुप्तचर एजेन्सीहरूले जानकारी पहुँच गर्न सक्ने चिन्ताको कारणले युरोपेली प्रयोगकर्ता डाटा स्थानान्तरण गर्न फेसबुकले प्रयोग गर्ने कानुनी उपकरणमा प्रतिबन्ध लगाउने अन्तिम तयारी गरिरहेका छन्।
अप्रिलमा, तिनीहरूले आयरिश डीपीसीलाई फेसबुकको ट्रान्सएट्लान्टिक डाटा प्रवाह रोक्न आदेश दिन एक महिनाको समय दिएको बताए। यो प्रतिबन्ध मईको मध्यमा लागू हुन सक्छ।
निगरानी चिन्ता उद्धृत गर्दै युरोपको सर्वोच्च अदालतले सन् २०२० मा एउटा इयु-यु.एस. डाटा स्थानान्तरण सम्झौता अवैध भएको बताएको थियो।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार