
काठमाडौं ।
एप्पलले आफ्ना उत्पादनहरूमा कोग्नेटिभ (संज्ञानात्मक), हेयरिङ्ग (श्रवण) र भिजन (दृष्टि) एक्सेसिबिलिटिको सुधार गर्नको लागि काम गरिरहेको खुलासा गर्नुका साथै अपाङ्गता भएकाहरूलाई मद्दत गर्ने नयाँ फिचरहरू अनावरण गरेको छ। उक्त फिचर्स मध्येको पहिलो लाइभ स्पीचले बोल्न नसक्ने मानिसहरूलाई फोन कल आएको समयमा बोल्नुको सट्टा टाइप गर्न सहयोग गर्ने उल्लेख गरिएको छ।
पर्सनल भ्वाइसले एक सिन्थेसाइज्ड भ्वाइस मोडल (संश्लेषित आवाजको मोडल) सिर्जना गर्ने बताइएको छ भने डिटेक्सन मोडले दृष्टिविहीन वा (इमपेयर्ड भिजन) दृष्टि धेरै कमजोर भएका व्यक्तिहरूलाई सहज बनाउने उल्लेख गरिएको छ।
यस वर्षपछि उक्त फिचर्स आइपुग्ने खुलाएतापनि एप्पलले विस्तृत तालिका भने प्रदान गरेको छैन्। साथै उक्त फिचर्स आईओएस १७ र आईप्याडओएस १७ का साथै नेक्स्टजेन म्याकओएसका केही एपहरूमा समावेश हुने अपेक्षा गरिएको छ। त्यसैगरी सबै इन्टरफेसहरू अर्को महिना डब्ल्यूडब्ल्यूडीसीमा प्रस्तुत हुने सम्भावना रहेको उल्लेख छ।
एसेस्टीभ एक्सेस सेटिङ्समार्फत अन (सक्रिय) वा अफ (बन्द) गर्न सकिने छ। यसमा फोन र फेसटाइमका लागि कस्टमाइज्ड एक्सपिरियन्स समावेश गरिएको र कल एपसँग ठूला र ब्राइट सर्टकटहरूमा कन्ट्याक्टस एकीकृत गरिएको छ। मेसेजेसहरूमा ठूलो इमोजी किबोर्ड भएको र ग्यालेरीले तस्बिरहरूको सजिलो पूर्वावलोकनको लागि थम्बनेलहरूलाई ठूलो बनाउने छ। साथै यसलाई आईप्याडओएस र आईओएस दुवै मा लागू गर्न सकिने बताइएको छ।
लाइभ स्पीचले सामान्य रूपमा प्रयोग हुने वाक्यांशहरू आवाजको लागि छिटो तवरले कुराकानीमा सेभ गर्न अनुमति दिनेछ। पर्सनल भ्वाइसले एक व्यक्तिलाई पढ्न र १५ मिनेटको अडियो रेकर्ड गर्न टेक्स्ट प्रम्प्टहरूको सेट प्रदान गर्नेछ। यसले मोडललाई प्रशिक्षित गर्न अनुमति दिने भएकाले प्रयोगकर्ताहरु भोकल क्यापाबिलिटजमा गिरावट हुन सुरु गरे तापनि आफ्ना प्रियजनहरूसँग अझै पनि कुराकानी गर्न सक्नेछन्।
डिटेक्सन मोडले टेक्स्ट लेबल भएका अबजेक्ट (वस्तुहरू) सँग अन्तर्क्रिरया गर्ने र यसलाई अबजेक्टमा पोइन्ट गरेको खण्डमा ठूलो स्वरमा पढ्ने उल्लेख गरिएको छ। यसलाई म्याग्निफायर एपमा निर्माण गरिने र यसले पिपुल डिटेक्सन, डोर डिटेक्सन र ईमेज विवरणहरू पनि प्रदान गर्नेछ।
एकपटक उक्त फिचर्सहरू आइपुगेपछि कान नसुन्ने वा सुन्नलाई समस्या भएका ग्राहकहरूले आफ्नो मेड फर आईफोन हेरिङ्ग डिभाइसहरूलाई सिधै म्याकमा प्रयोग गर्न सक्षम हुने बताइएको छ। साथै र्यापिड इमेजेज र एनिमेसनहरूमा सेन्सेटिभ प्रयोगकर्ताहरूले मेसेज र सफारीमा गिफ्स पज गर्न सक्षम हुनेछन्। त्यसैगरी अर्को निट फिचरले सिरीको बोल्ने गतिलाई ०.८एक्स देखि २एक्स सम्मका विकल्पहरू सहित अनुकूलन गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार