आईक्युओओ प्याड मे २३ मा लन्च हुने

  • Technology Khabar | ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

आईक्युओओको अर्को लन्च कार्यक्रम मे २३ मा चीनमा आयोजना हुने बताइएको छ । कार्यक्रमले आइक्युओओ नियो ८, नियो ८ प्रो, र टिडब्ल्युएस  एयर प्रो टिडब्लयु एस इयरबडहरूको आगमन देखिने छ।

ब्रान्डले आफ्नो पहिलो ट्याब्लेट, आईक्युओओ प्याड लन्च गर्ने पुष्टि गरेको छ। प्रक्षेपण हुनु अघि, आईक्युओओ प्याड जेडिडट डटकममा रिजर्भेसनको लागि सूचीबद्ध छ। सूचीकरणले उपकरणको स्पेकहरू प्रकट गरेको पनि बताइएको छ।

आइक्युओओ प्याड ८ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज, ८ जिबी र्याम प्लस २५६ जिवी भण्डारण, १२ जीबी र्याम प्लस २५६ जीबी भण्डारण, र १२ जीबी र्याम प्लस ५१२ जीबी भण्डारण गरी चारओटा कन्फिगरेसनहरूमा आउने बताइएको छ। सूचीमा उपकरणको विशिष्टताहरूमा कुनै अन्य जानकारी नरहेको तथा उपकरणको मूल्य बारे कुनै जानकारी उपलब्ध नभएको पनि बताइएको छ।

आईक्युओओ प्याडको डिजाइन लगभग भिभो प्याड २ सँग मिल्दोजुल्दो रहेको छ जुन अप्रिलमा चीनमा लन्च गरिएको थियो। यो केवल भिभो प्याड २ को रिब्रान्डेड संस्करण हुनसक्ने पनि आकलन गरिएको छ।

स्मरणरहोस्, भिभो प्याड २ मा १२.१ इन्च आइपीएस एलसीडी रहेको जसले १९६८*२८०० गर्ने  पिक्सेलको रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेट प्रदान गर्दछ। डायमेन्सिटी ९००० चिपसेटले यन्त्रलाई १२ जीबीसम्म युएफ ३.१ स्टोरेज प्रदान गर्ने तथा यसमा ४४ वाट वायर्ड चार्जिङको साथ १०,००० एमएएच ब्याट्री रहेको बताइएको छ।

प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया