ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

  • Technology Khabar | ३ जेष्ठ २०८०, बुधबार
ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

काठमाडौं ।

विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरु बीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ।

गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ।

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयान्डर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु रहेको छ। प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको छ।

नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्ने बताईएको छ।

यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो।

कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो  जसले साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ।

ह्वावेको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो। यस  प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्ट/क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरु  निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्दछ।

यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने, ह्वावेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने ,सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटाहरुलाई ह्वावे क्लाउडमा स्थानान्तरण गर्ने र ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु हो।

समग्रमा, ह्वावे क्लाउड साझेदार कार्यक्रम ह्वावेको साझेदारहरूको लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुनेछ। यस्तै विभिन्न योजनाहरु मार्फत ह्वावेले साझेदारहरुसंगको सम्बन्ध सुदृढ बनाउन र  प्रविधिको पहुँच देश व्यापी रुपमा विस्तार गर्न ह्वावेको प्रतिवद्धता रहेको जनाएको छ।

ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो।

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार