सामसङले आफ्ना टिभीका लागि एलजीबाट ओएलईडी प्यानल खरिद गर्ने

  • Technology Khabar | ३ जेष्ठ २०८०, बुधबार
सामसङले आफ्ना टिभीका लागि एलजीबाट ओएलईडी प्यानल खरिद गर्ने

काठमाडौं ।

सामसङ एक ठूलो टिभी निर्माता भएपनि यसले २०१५ देखि ओएलईडी टिभीहरू उत्पादन नगरेको बताइएको छ। कम्पनीले यसको क्यूएलईडी प्यानलहरूलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ। साथै उक्त क्यूएलईडी प्यानलहरूको लागत र गुणस्तर दुवैको हिसाबले एलसीडी प्यानलहरूसँग धेरै नजिक भएको थप बताइएको छ।

त्यसैगरी कम्पनीले आफ्नो माइक्रोएलईडी प्रविधि पनि द्रुतरूपमा विकास गरिरहेको र इमेज गुणस्तरको सन्दर्भमा यसलाई ओएलईडी भन्दा उच्च मानिने छ। यद्यपी यो निकै महँगो र सबैभन्दा ठूलो डायगोनल्सहरूमा मात्र उपलब्ध हुने जीएसएमएरिनामा उल्लेख छ।

सामसङले अब माइक्रोएलईडी टेकमा परिपक्व हुनको लागि थप समय किन्न खोजिरहेको र ओएलईडी टिभीहरूको साथ प्रिमियम बजार ओटगन खोजेको देखिएको छ। साथै उक्त योजना हासिल गर्नको कम्पनी आफ्नो दक्षिण कोरियाली छिमेकी तर्फ फर्किएको बताइएको छ।

रोयटर्सकाअनुसार, सामसङ र एलजीले गरेको सम्झौता अनुसार एलजील सन् २०२४ मा २० लाख ७७ हजार ओटा ८३ इन्चको हाइ–इन्ड ओएलईडी प्यानलहरू, २०२५ मा ३० लाख र २०२६ मा ५० लाख प्यानलहरू उपलब्ध गराउने भएको छ। अहिलेको अवस्थामा ओएलईडी टिभीको बजारमा करिब ५० प्रतिशत एलजीले पकड जमाएको छ। त्यसैगरी सोनीको बजारमा पकड २६ प्रतिशत रहेको बताइएको छ। साथै सोनीले एलजीबाट पनि आफ्नो प्यानलहरू स्रोत गर्ने उल्लेख गरिएको छ।

सामसङले आफ्नो रणनीतिमा यस्तो भारी परिवर्तन ल्याउनुको कारण भनेको एलसीडी खण्डमा सामसङको २०२३ त्रैमासमा नराम्रो प्रदर्शनका साथै चिनियाँ तीव्र प्रतिस्पर्धा हुन सक्ने बताइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार