विद्यार्थीलाई कोडिङ सिकाउँदै काठमाडौं महानगर

  • Technology Khabar | ३ जेष्ठ २०८०, बुधबार
विद्यार्थीलाई कोडिङ सिकाउँदै काठमाडौं महानगर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई कोडिङ सिकाउने भएको छ। काठमाडौं महानगर मातहतका सामुदायिक विद्यालयमा कोडिङ सिकाउनका लागि कोड क्लब स्थापना गरेको छ।

विद्यार्थीको सिकाईमा कोडिङद्वारा सहजिकरण गर्ने उद्देश्य सहित प्रथम चरणमा १४ विद्यालयमा रास्पबेरी–पीआई कोड क्लब ग्लोबल स्थापना गरिएको काठमाडौं महानगरले जानकारी दिएको छ।

आगामी दिनमा महानगर मातहतका सबै सामुदायिक विद्यालयमा कोड क्लब स्थापना गर्ने लक्ष्य लिइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...