आगामी सोनी एक्सपेरिया प्रो आईका क्यामरा सेन्सरहरूको विस्तृत विवरण सार्वजनिक

  • Technology Khabar | ३ जेष्ठ २०८०, बुधबार
आगामी सोनी एक्सपेरिया प्रो आईका क्यामरा सेन्सरहरूको विस्तृत विवरण सार्वजनिक

काठमाडौं ।

हालै आफ्नो एक्सपेरिया १ भी र एक्सपेरिया १० भी फोनहरूको घोषणा गरेको सोनीको २०२१ को एक्सपेरिया प्रो-आई को उत्तराधिकारी जस्तो देखिने फोन आउने क्रममा रहेको र उक्त फोनको क्यामरा सेटअपको विवरणहरू पनि प्राप्त भएको उल्लेख छ।

नेक्स्ट–जेन एक्सपेरिया प्रो ले एक्सपेरिया १ भी बाट तीनवटा एक्समोर–टी स्ट्याक्ड सेन्सरहरूको साथ अपग्रेड गरिएको क्यामरा सेटअप ल्याउने जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।

उक्त आगामी फोनको मुख्य वाइड–एङ्गल क्यामरा सेन्सर फेरि पनि एक–इन्च साइजको हुने भनी एक जापानी स्रोतले दावी गरेको छ भने वेइबोको अर्को स्रोतका अनुसार सोनीले तीनवटै क्यामरामा नयाँ सेन्सरहरू प्रयोग गर्ने बताएको छ।

यद्यपी नयाँ लीकको साथमा जानको लागि अन्य कुनै विशेष प्यारामिटरहरू भने उपलब्ध नभएको उल्लेख गरिएको छ। साथै एक्सपेरिया प्रो–आई को  सक्सेसर यस वर्ष रिलीज नहुने र त्यसको लागि २०२४ को सुरुवात सम्म पर्खनु पर्ने हुनसक्ने बताइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार