‘हे सिरी’ कमाण्डलाई अब ‘सिरी’ मात्र बनाउने एप्पलको योजना

Technology Khabar ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

एप्पलले सिरीमा महत्त्वपूर्ण परिवर्तन गर्नको लागि भनेर काम गरिरहेको र त्यसले अब “हे सिरी” ट्रिगर फ्रेज (वाक्यांश) को आवश्यकतालाई हटाउने ब्लूमबर्गका मार्क गुरम्यानले बताएका छन्। प्रयोगकर्ताहरूले “हे सिरी” को सट्टा अब केवल “सिरी“ भने पुग्ने बताइएको छ।

यस परिवर्तनले सिरीलाई अमेजनको भ्वाइस अस्सिटेन्ट (आवाज सहायक) एलेक्साको नजिक ल्याउने लक्ष्य राखेको र त्यसलाई “एलेक्सा“ सँग कमाण्ड सुरु गरेर मात्र सक्रिय गर्न सकिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

सिरीले विभिन्न उच्चारण र बोलीहरूमा एकल वाक्यांश “सिरी” लाई सही र सटिक रूपमा इन्टरप्रेट गर्न आवश्यक पर्ने भएकाले दुई–शब्द ट्रिगर वाक्यांशबाट एउटै शब्दमा गरिने ट्रान्जिसनले प्राविधिक चुनौतीहरू खडा गर्ने उल्लेख गरिएको छ। हालको “हे सिरी” वाक्यांशले ट्रिगरलाई सही रूपमा पहिचान गर्ने प्रणालीको सम्भावना बढाउने उल्लेख गरिएको छ।

यस ट्रिगर वाक्यांश परिवर्तनको अतिरिक्त एप्पलले थर्ड पार्टि एप्स र सर्भिसेसजहरूसँग पनि सिरीको गहिरो इन्टिग्रेसनको लागि काम गरिरहेको बताइएको छ। यस इन्टिग्रेसनले प्रयोगकर्ताहरूलाई थप प्रासंगिक जानकारीको लाभ उठाउँदै राम्रो सहायता प्रदान गर्ने उल्लेख छ।

यद्यपि उक्त फिचर कहिले सम्ममा उपलब्ध हुनेछ भन्ने सही समयरेखा पुष्टि नगरिएको तर सिरीमा यी परिवर्तनहरू २०२३ वा २०२४ मा रोल आउट हुने अपेक्षा गरिएको छ। एप्पलले यस गर्मीमा यसको वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) मा आईओएस १७ सँगसँगै यस अद्यावधिकको घोषणा गर्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया