
काठमाडौं ।
एक गुणस्तरीय वेइरेवल एसेसरीज (पहिरन वस्तु) उत्पादनहरुको लागि परिचित उदयीमान नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले, आफनो नवरचनात्मक उत्पादन “अल्टिमा वाच म्याजिक बजारमा सार्वजनिक गरेको छ। अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ ।
अल्टिमा वाच म्याजिक मात्र रु. ३,५९९/– मा दुबै अनलाइन र अफलाइन खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसमा उच्च प्रविधीको स्वास्थ्य जाच्ने क्षमता साथै पातलो र आरामदायक प्रीमियम सिलिकन स्ट्र्याप (ब्याण्ड) पनि जडित छ जसले गर्दा दिनभर आरामले घडी लगाउन सकिनेछ । यो स्मार्टवाच निर्बाध रूपमा सजिलै अल्टिमा स्मार्ट आप संग कनेक्ट हुन्छ । यति मात्र नभई यो स्मार्ट वाच आईपी८६ पानी प्रतिरोधक छ भने यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्र्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ जसले गर्दा प्रयोगकर्ताहरूलाई स्वस्थ र सक्रिय जीवनशैली ज्ञापन गर्न उत्साहित गर्नेछ । यी प्रभावशाली सुविधाहरूको सूचीमा अल्टिमा वाच म्याजिकले यो मूल्य खण्डमै पहिलो पटक निकै नै गर्वका साथ १.८३” डिस्प्ले सहितको बीटी कलिंग (ब्लु–तूथ) विशेषता पनि समावेश गरेको छ ।
कम्पनीको परिकल्पना हरेक नेपालीहरुमा टेक्नोलोजी प्रयोग गरी स्वस्थ र खुशी जीवन सम्भव तुल्याउन सकोस भन्ने रहेको छ । यही परिकल्पनालाइ प्रबर्धन गर्नको लागि अल्टिमा लाइफस्टाइलले हालसालै स्वास्तीमा खड्कालाई आफ्नो कम्पनीको उत्पादनहरुको ब्राण्ड एम्बेसडर घोषणा गरेको थियो।
नयाँ प्रविधिको प्रयोग, इन्जिनियरिङ् नवीनता र किफयिती मूल्य निर्धारण गरि अल्टिमाको लक्ष्य व्यापक ग्राहकहरुको विविध रुचि र शैली माझ आफ्नो पहुँच विस्तार गर्ने रहेको छ । यसको उल्लेखनीय सुविधाहरू र किफायती मूल्य निर्धारणले स्मार्टवाचको बजार लाइ पुनः परिभाषित गर्ने बताईएको छ।
अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ, ४ २०८० (मे १८, २०२३) देखि बजारमा उपलब्ध हुनेछ। वाच म्याजिकको पहिले नै बजार मूल्य रु. ३,५९९ तय भएपनि अल्टिमाले अनलाइनका सिमित ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य रु. २,९९९ मा वाच म्याजिक उपलब्ध गराउने जनाएको छ।
प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार