एप्पल आईफोन १५ र १५ प्लसमा आईफोन १४ प्रो सिरिजको क्यामरा नै हुने

  • Technology Khabar | २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

एप्पल आईफोन १५ सिरिज अधिकारीक रुपमा सार्वजनिक हुनलाई अझै पनि महिनौँ टाढा बाँकी रहेको छ। यद्यपी उक्त आगामी स्मार्टफोनहरूको बारेमा विभिन्न अफवाहहरू र रिपोर्टहरू देखा परेको उल्लेख गरिएको छ।

यसै क्रममा हालैका अफवाहहरूले आईफोन १५ र आईफोन १५ प्लस को बारेमा केही रोचक विवरणहरू प्रकट गरेको गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।

आईफोन १५ र आईफोन १५ प्लसको बेस मोडल समावेश गरिएको आईफोन १५ सिरिजको लोअर इन्ड मोडलमा अब सुधारिएको प्राइमरी (प्राथमिक) रियर क्यामराहरू हुने एउटा नयाँ रिपोर्टले खुलासा गरेको छ। लाइनअपको अत्यन्त एफोर्डेबल इन्ट्रि (किफायती प्रविष्टि)को प्राइमरी रियर क्यामरामा ४८ मेगापिक्सेलको सेन्सर हुने बताइएको छ।

परिचित विश्लेषक जेफ पुका अनुसार उक्त दुई स्मार्टफोनहरुमा गत वर्षको आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स मोडलमा उपलब्ध भएको ४८ मेगापिक्सेलको सेन्सर हुने उल्लेख गरिको छ।

नयाँ सेन्सरले नेक्स्ट जेन नन् प्रो आईफोन मोडलहरूलाई ४८ मेगापिक्सेल प्रोआरएडब्ल्यू फोटोहरू खिच्नको लागि सक्षम बनाउने उल्लेख गरिएको छ। प्रयोगकर्ताहरूले थप विवरणहरू सहितका फोटोहरू खिच्न सक्छन् भने उक्त फोटोहरू सम्पादन गर्नका लागि पनि उत्कृष्ट हुने बताइएको छ। यस फिचरलाई बजारमा व्यापक रूपमा रुचाइएको र आईफोन १४ प्रो मोडलहरूको क्यामराहरूमा एक प्रमुख अपग्रेडको रूपमा पनि आएको थियो।

यसअघि, विश्लेषक पुले डिजाइनका समस्याहरूले गर्दा आईफोन १५ प्रो मोडलहरूमा सोलिड स्टेट बटनहरू नहुने बताएका थिए। यद्यपि, उक्त हाइयर इन्ड मोडलहरूमा टाइटेनियम फ्रेम, अपग्रेड गरिएको ए१७ बायोनिक चिप्स र ८जीबी र्याम समावेश गरिने छ। त्यसैगरी डिभाइसहरूमा यूएसबी टाइप सी पोर्ट पनि हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार