सामसङले टेस्लाका गाडीहरुका लागि ५ एनएम चिप्स उत्पादन गर्नसक्ने

  • Technology Khabar | २ जेष्ठ २०८०, मंगलवार
सामसङले टेस्लाका गाडीहरुका लागि ५ एनएम चिप्स उत्पादन गर्नसक्ने

काठमाडौं ।

अमेरिकाको हालैको भ्रमणको क्रममा सामसङका कार्यकारी अध्यक्ष ली जे–योङले टेस्लाका सीईओ इलन मस्कसँग अटोमोटिभ चिपहरू समावेश गर्ने भावी साझेदारीबारे छलफल गर्न भेटेका छन्।

यस विषयमा परिचित व्यक्तिहरूका अनुसार टेस्लाले आफ्ना भविष्यका कारहरूको लागि एफएसडी (फूल सेल्फ–ड्राइभिङ) चिप्सको आपूर्तिकर्ता खोजिरहेको रिपोर्टमा बताइएको छ।

सामसङलाई उक्त चिप्स निर्माणको लागि जिम्मा लगाइने र टेस्लाले डिजाइन आफैंले गर्ने राख्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यद्यपी टेस्ला र सामसङ बिच हुन गइरहेको यो सहकार्य पहिलो भने नभएको उल्लेख गरिएको छ। हालको समयसम्ममा कोरियाली टेक जायन्टले टेस्लालाई ब्याट्रीहरू, एक्सिनोस अटो चिप्स र क्यामरा सेन्सरहरू उपलब्ध गराउँदै आइरहेएको बताइएको छ। अहिले पनि, टेक्सासको सामसङको फाउन्ड्रीले अमेरिकी अटोमेकरका लागि १४ एनएम चिप्स उत्पादन गरिरहेको छ। त्यसैगरी दुई कम्पनीहरूले अब थप उन्नत ५एनएम चिपहरूको उत्पादनको बारेमा छलफल गरिरहेका छन्।

सामसङको परिप्रेक्ष्यबाट बैठक आशाजनक लाग्न सके पनि टेस्लाले अझै पनि सबै विकल्पहरू विचार गरिरहेको र टीएसएमसीले सम्झौता प्राप्त गर्न पनि सक्ने बताइएको छ। गत डिसेम्बरको रिपोर्टले टीएसएमसीलाई टेस्लाको भविष्यको ४एनएम चिप आपूर्तिकर्ताको रूपमा उल्लेख गरेको थियो।

प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार