म्याकबुकको बिक्री घटेपछि ओएलईडी डिस्प्ले अपग्रेडमा पुनर्विचार गर्दै एप्पल

  • Technology Khabar | २ जेष्ठ २०८०, मंगलवार
म्याकबुकको बिक्री घटेपछि ओएलईडी डिस्प्ले अपग्रेडमा पुनर्विचार गर्दै एप्पल

काठमाडौं ।

एप्पलले कथित रूपमा यसको म्याकबुक पीसीहरूको लागि ओएलईडी डिस्प्लेको प्रयोगमा आफ्नो योजनाहरूमा पुनर्विचार गरिरहेको बताइएको छ।

हालको बिक्री संख्याहरूले म्याकबुकको बिक्रिमा गिरावट आएको संकेत गरेको र एप्पलले म्याकबुकको लागि ओएलईडीमा अपग्रेड गर्ने योजनाबाट पछाडी हट्नसक्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

एप्पलले २०२४ सम्ममा म्याकबुकमा सामसङको ८औं जेनेरेसनको ओएलईडी प्यानल तैनाथ गर्ने योजना बनाएको थियो। एप्पलले अब ओएलईडीको कार्यान्वयनको समय २०२७ सम्म सारेको बताइएको छ। यो समाचारले कोरियाली बजारमा महत्त्वपूर्ण असर पार्ने उल्लेख गरिएको छ। कुपर्टिनो आधारित कम्पनीको निर्णयले कोरियामा ओएलईडी प्यानल बजारको अपेक्षाहरूलाई असर गर्न सक्ने बताइएको छ। यदपी एप्पल सन् २०२४ मा गरिने भनिएको ओएलईडी प्यानल आईप्याड प्रोको रिलिजको नजिक रहेको विश्वास गरिएको छ। आईप्याड प्रो ले एलजी–सामसङको छैठौँ जेनेरेसनको ओएलईडी प्रविधि प्रयोग गर्ने उल्लेख छ।

म्याकबुकको ढुवानी पछिल्लो दुई त्रैमासिकमा ५० प्रतिशतसम्म घटेको छ।एप्पलको ओएलईडी अपग्रेड रोक्ने निर्णय म्याकबुक ढुवानीमा आएको गिरावटसँग आबद्ध भए–नभएको भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ। साथै एपपलको उक्त निर्णयले म्याकबुकको बिक्रीलाई कसरी पुनर्जीवित गर्नेछभन्ने बारेमा पनि स्पष्ट नभएको थप उल्लेख छ। आईफोनको विपरीत, एप्पलले यसको म्याकबुक लाइनअपको लागि समान ब्रान्ड वफादारीको आनन्द नलिने बताइएको छ।

एप्पलले यसको इन्फोटेनमेन्ट स्सिटम (प्रणाली) मा उत्कृष्ट गुणहरू भएका डुअल–स्ट्याक ओएलईडी प्यानलहरू प्रयोग गर्ने योजना बनाएको थियो।

डुअल–स्ट्याक ओएलईडी स्क्रिनहरूको लाइफ साईकल (जीवन चक्र) लामो हुनुका साथै ब्राइटर (बढि उज्यालो) पनि हुने बताइएको छ। त्यसैगरी प्यानलले ठूला परिदृश्यहरूमा सामसङको फ्लेक्सिबल ओएलईडी प्यानलहरूको खुम्चीने विष्यको पनि हेरचाह गर्ने अपेक्षा गरिएको थियो। यसले हाइब्रिड समाधानको परिणाम दिए तापनि सामसङले ओएलईडी प्यानलको लागि आफ्नो योजनाहरू पनि रोकेको उल्लेख छ।

प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार