
काठमाडौं ।
युरोपेली युनियनले जर्जियामा कनेक्टिभिटी सुधार गर्न र रूसबाट चल्ने लाइनहरूमा निर्भरता कम गर्नको लागि एक पानीमुनि राखिने इन्टरनेट केबल योजना गरिरहेको छ।
संघले यसको लागि ब्ल्याक सीको अन्तर्राष्ट्रिय पानीमा इन्टरनेट केबल निर्माण गर्ने योजना बनाएको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ।
विश्वव्यापी डाटा प्रसारण गर्ने पूर्वाधारमा कमजोरीहरूको बारेमा बढ्दो चिन्ताको बीचमा ईयूले सो तयारी गरेको हो।
युक्रेन विरुद्ध रुसको चलिरहेको चौतर्फी युद्धले जर्जिया जस्ता देशहरूमा डाटा सुरक्षा सुधार गर्न जरुरी भएको बताईएको छ।
यद्यपि, परियोजनाको लागि समयरेखा अस्पष्ट छ, “विशेष गरी रूसले युक्रेनमा मिसाइलहरू प्रहार गर्न कालो सागरमा आफ्ना युद्धपोतहरू प्रयोग गर्न जारी राखेको छ र गत वर्ष बन्दरगाहहरू अवरुद्ध गरेको छ,” एफटीले लेख्यो।
रूस काकेशसका केही भागहरू, साथै एशिया र युरोपमा डाटाको लागि “मुख्य ट्रान्जिट मार्ग” हो।
जर्मनी, अस्ट्रिया, स्लोभाकिया, युक्रेन, काजाकस्तान र चीन हुँदै जाने ड्रीम केबलसहित केही “महत्वपूर्ण इन्टरनेट केबल लाईनहरू” रूस मार्फत चल्छन्।
रिपोर्टकाअनुसार यो रूसी अपरेटरको बहुमतको स्वामित्वमा पनि छ।
प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार