
काठमाडौं ।
एप्पलले आफ्नो म्याक डिभाइसहरुमा आफ्नै एप्पल सिलिकन चिपहरू प्रयोग गर्न थालेको केही वर्ष भइसक्यो छ। त्यसैगरी अहिलेसम्म कम्पनीले एम१– र एम२–सिरिजका चिपहरू बजारमा लन्च गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
कुपर्टिनोमा आधारित टेक्नोलोजी जायन्टले हाल एप्पल सिलिकन चिप्सको तेस्रो जेनरेशनमा काम गरिरहेको र पछिल्लो रिपोर्टका अनुसार एप्पल एम३ प्रो चिपसेट १२ सीपीयू कोरका साथमा आउने दाबी गरेको छ।
पावर अन न्यूजलेटरमा मार्क गुर्मनको रिपोर्ट अनुसार एप स्टोर डेभलपर लग्सले म्याकओएस १४ अपरेटिङ सिस्टमसहित अघोषित म्याकबुक प्रो ल्यापटपमा उक्त चिप चलिरहेको देखा परेको उल्लेख गरिएको छ। उक्त चिपसेट सम्भवतः एम३ प्रो को बेस भर्सन (आधार संस्करण) भएको र अर्को वर्ष आधिकारिक हुने अपेक्षा गरिएको उनले थप बताए।
यदि रिपोर्टहरूलाई विश्वास गर्ने हो भने एप्पल एम३–सिरिज चिप्सहरू टीएसएमसीको ३ एमएन नोड प्रक्रिया प्रयोग गरेर निर्माण गरिनेछ। एम१ प्रो को ८–कोर सीपीयू भन्दा धेरै उच्च १२ कोरहरूको लागि कम्पनीले तिनीहरूलाई हाई–पर्फमेन्स कोर्स र इफिसेन्सी कोर्स बीच समान रूपमा विभाजित गर्ने रिपोर्टले संकेत गरेको बताइएको छ।
एम३ प्रो देखिनु अघि स्ट्यान्डर्ड एम३ चिपसेटद्वारा संचालित डिभाइसहरूको एक जोडी आउने बताइएको छ। यसको अर्थ एप्पलले एम ३मा संचालित म्याक डिभाइसहरू यस वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा लन्च गर्ने सम्भावना रहेको र त्यसलाई एम३ प्रो चिपमा चल्ने अन्य केही थप डिभाइसहरूले पछ्याउने बताइएको छ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार