काठमाडौं ।
निकोनले विश्व बजारमा नयाँ मिररलेस क्यामरा लन्च गरेको छ। उक्त नयाँ क्यामरालाई निकोन जेड ८ भनेर नामाकरण गरिएको छ। नवीनतम अफरिङ्गहरुअनुसार यस क्यामराको सानो बडीमा कम मूल्य ट्यागको साथ फ्ल्यागशिप निकोन जेड९ को टेक्नोलोजी र उच्च स्पेसिफिकेसनहरू लिइएको उल्लेख गरिएको छ। निकोन जेड ८ भिडियो र स्थिर फोटोग्राफी दुवैको लागि डिजाइन गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
निकोन जेड८ को स्पेसिफिकेसन र फिचरहरू
निकोन जेड८ को बडी कम्प्याक्ट र पोर्टेबल रहेको छ। डायमेन्सन (आयाम) अनुसार यस क्यामरा १४४ x ११८.५ x ८३ एमएम मापन गर्दछ भने यसको तौल ९१० ग्राम रहेको छ। यसमा ३.२ इन्चको टच–इनेबल स्क्रिन रहेको र उक्त स्क्रिनलाई तेर्सो वा ठाडो रूपमा टिल्ट (झुकाउन) मिल्ने छ। यस नयाँ क्यामरामा कलर ब्यालेन्स, अटो र १८–लेभल म्यानुअल ब्राइटनेस कन्ट्रोलको साथ ०.५ इन्चको इलेक्ट्रोनिक भ्यूफाइन्डर पनि रहेको छ। साथै क्यामरा जेड–माउन्टेड र एफ–माउन्टेड निक्कोर लेन्सहरूसँग उपयुक्त हुने उल्लेख गरिएको छ।
निकोन जेड८ को कभर धुलो र पानी प्रतिरोधी (डस्ट एण्ड ड्रिप रेजिस्टेन्ट) बनाउनका लागि यसको प्रत्येक कभरमा प्रभावकारी सील गरिएको बताइएको छ भने यसको कभर थप कडा र बलियो बाहिरी भागले सुसज्जित भएको उल्लेख गरिएको छ।
त्यसैगरी इमेज सेन्सरमा सेन्सर शिल्ड र डुअल कोटिङ्ग पनि रहेको बताइएको छ। अँध्यारो वातावरणमा शूटिङ गर्नका लागि भनेर निकोन जेड८ को बटनहरूमा ब्याकलिट इलुमिनेटेड हुने बताइएको छ।
कोर स्पेसिफिकेशनहरू अनुसार निकोन जेड८ मा ईएक्सपीईईडी ७ ईमेज प्रोसेसरकोसहितको ५२.३७ मेगापिक्सेलको फुल–फ्रेम सीएमओएस सेन्सर फिचर गरिएको छ। त्यसैगरी क्यामरामा ४९३ अधिकतम अटोफोकस बिन्दुहरू रहेका छन्। क्यामरामा फ्रिजिङ प्रिसाइज मोमेन्टस (सटीक क्षणहरू) को लागि प्री–रिलीज क्याप्चर रहेको छ। उक्त प्री–रिलीज क्याप्चरले शटर बटन १ सेकेन्डसम्म पूर्ण रूपमा थिच्न अघि वा शटर बटन पूर्ण रूपमा ४ सेकेन्डसम्म थिचेपछि ईमेजहरू रेकर्ड गर्ने काम गर्दछ। क्यामेरामा स्टिलहरूका लागि ३डी ट्र्याकिङ, ९ प्रकारका सब्जेक्ट ट्र्याकिङ र नयाँ एरोप्लेन मोड प्याक गरिएको छ।
भिडियोग्राफीको सन्दर्भमा, निकोन जेड८ मा १२–बिट आरएडब्ल्यू, १०–बिट प्रोरेस ४२२ एचक्यू र एन–लग सहितका फराकिलो भिडियो फम्र्याट (ढाँचा) हरूलाई समर्थन गर्ने बताइएको छ। क्यामराले ३०एफपीएस (फेम पर सेकेण्ड) मा ८के, ४के यूएचडी र एफएचडी १२०एफपीएस (फेम पर सेकेण्ड) सम्म रेकर्ड गर्न सक्षम रहेको उल्लेख गरिएको छ।
निकोन जेड८ ले २५६०० सम्मको आईएसओ से सेन्सिटिभिटिलाई समर्थन गर्नेछ। क्यामराको फास्टेस्ट र स्लोएस्ट शटर स्पिड क्रमशः १/३२००० सेकेन्ड र ३० सेकेन्ड भएको उल्लेख गरिएको छ। यसले प्राइम लेन्सको साथमा २ एक्स फोकल लेन्थसम्मको हाई–रिजोल्युसन जुम समर्थन गर्ने बताइएको छ।
निकोन जेड८ को कनेक्सन अप्सन (विकल्प) हरूमा वाइफाइ, ब्लुटुथ, यूएसबी–सी पोर्ट, यूएसबी पीडी, एचडीएमआई आउट, अडियो इनपुट/आउटपुट र बिल्ट इन टेन–पिन रिमोट टर्मिनल समावेश गरिएका छन्। साथै क्यामरा निकोनको स्न्यापब्रिज एपसँग कम्प्याटिबल (उपयुक्त) हुने बताइएको छ। क्यामेरा रिचार्जेबल लि–आयन ब्याट्री युनिटद्वारा समर्थित रहेको थप उल्लेख गरिएको छ।
निकोन जेड८ को मूल्य ४,००० डलर रहेको छ। आगामी मे २५ देखि निकोन जेड८ खरिदका लागि उपलब्ध हुने बताइएको छ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार