
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस२३ अल्ट्रा लिमिटेड एडिसन (सीमित संस्करण) को घोषणा गरेको छ।
सामसङले घोषणा गरेको उक्त एस२३ अल्ट्राको स्पेसल एडिसन नयाँ रङ्ग वा नयाँ फिचर्सको साथ आउने नभई ४४एम मोडलको (नन–एलटीई) र १५डब्लु डुअल वायरलेस चार्जरसहितको ग्यालेक्सी वाच५ ब्लू सफायरको साथमा बन्डल गरिएको ८ जीबी/२५६ जीबीको फ्यान्टम ब्ल्याक ग्यालेक्सी एस२३ अल्ट्रा भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यस सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा लिमिटेड एडिसन (सीमित संस्करण) प्याकेजको मूल्य यसको विशेषता भएको उल्लेख गरिएको छ। ग्यालेक्सी एस२३ अल्ट्रा छुट्टाछुट्टै खरिद गर्नु भन्दा प्याकेजमा समावेश गरिएका उत्पादनहरू एकमुस्ट खरिद गर्दा लागत कम हुने उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा लिमिटेड एडिसन प्याकेजको मूल्य ३१,९९०,००० भियतनामी डलर (१,७५५ डलर) रहेको बताइएको छ।
सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा लिमिटेड एडिसन (सीमित संस्करण) हाल भियतनाममा सामसङको आधिकारिक वेबसाइट र शोपीबाट आगामी मे ३१सम्म बिक्री गरिने बताइएको छ। साथै सामसङले ग्यालेक्सी एस२३ अल्ट्रा लिमिटेड एडिसनको खरिदमा ६,०००,००० भियतनामी डलर (२५५ डलर) सम्मको छुट, शुन्य प्रतिसत ब्याज किस्ता, र एयरपोर्टको बिजनेस लाउन्जमा एक्सेस जस्ता अतिरिक्त लाभहरू पनि प्रदान गर्ने बताइएको छ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार