Technology Khabar १ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
आगामी मोटोरोला रेजर ४० फोल्डेबलको केही रेन्डरहरू देखा परेसँगै कम्पनीको हाई–इन्डको अर्को आगामी मोटोरोला रेजर ४० अल्ट्राम देखा परेको छ। आधिकारिक देखिने प्रेस रेन्डरमा रेजर ४० अल्ट्राको तीनओटै रङ्गगहरू लीक गरिएको बताइएको छ।
रेजर ४० अल्ट्राको उत्कृष्ट लुक्स प्रस्तुत गरिएको उक्त लीक भएका रेन्डरहरू लीकस्टर इभान ब्लासबाट प्राप्त भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
त्यसैगरी रेन्डरहरूले फोनको नाम पनि पुष्टि गरेको उल्लेख गरिएको छ। उक्त रेन्डरहरूमा स्पष्ट रूपमा आउटर स्क्रिन पनि देखिएको बताइएको छ।
अहिलेसम्म देखिएका यस प्रकारको फोल्डेबलहरुमा मोटोरोला रेजर ४० अल्ट्राको सबैभन्दा ठूलो आउटर स्क्रिन रहेको र स्क्रिनले लगभग सम्पूर्ण उपलब्ध ठाउँ ओगट्नुका साथे त्यहाँ क्यामरा र फ्ल्यास पनि समावेश गरिएको छ। मोटोरोला रेजर ४० अल्ट्राको उक्त आउटर स्क्रिन विशेष गरी यस मोडलका अन्य प्रतियोगीहरूको तुलनामा निश्चित रूपमा प्रभावशाली देखिएको उल्लेख छ।
अहिलेसम्मका अफवाहहरु अनुसार रेजर ४० अल्ट्रामा स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी, १०८०x२६४० रिजोल्युसन र १२० हर्ज वा १४४ हर्ज रिफ्रेस रेटसहितको मुख्य स्क्रिन, १०५६x१०६६ रिजोल्युसनको बाहिरी स्क्रिन, ५१२ जीबी सम्मको स्टोरेज (भण्डारण) १२ जीबीको र्याम र ३३ वाट चार्जिङ समर्थन गर्ने ३,६४० एमएएचाको ब्याट्री समावेश गरिनेछ।
मोटोरोला रेजर ४० अल्ट्रामा सोनीको आईएमएक्स५६३ सेन्सर प्रयोग गरीएको १२ मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको भनिएको छ। साथै यस मुख्य क्यामराको छेउमा एसके हाईनिक्सको एचआई १३३६ सेन्सर प्रयोग गरीएको १३ मेगापिक्सेलको अल्ट्रावाइड रहने बताइएको छ। त्यसैगरी रेजर ४० अल्ट्राको भित्री भागमा ओम्नीभिजन ओभी ३२ बी४० सेन्सर प्रयोग गरीएको ३२ मेगापिक्सेलको सेल्फी स्न्यापर रहेको बताइएको छ।
साथै फोनमा एन्ड्रोइड १३ समावेश गरिने र आगामी केही हप्ताहरूमा लन्च गरिने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्रकाशित: १ जेष्ठ २०८०, सोमबार