इसेवा मनि ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाँदै

  • Technology Khabar | ३१ बैशाख २०८०, आईतवार
इसेवा मनि ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाँदै

काठमाडौं ।

फिनटेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० ओटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

कार्य संचालनमा आएसंगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको बताएको छ।

त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ६१ लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउन पाएका छन्।

त्यस्तै, कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशभरि आफ्नो सेवा पुर्याई सकेको छ। हाल, यस कम्पनीका मुलुकभर १२,००० भन्दा बढी संख्यामा एजेण्ट नेटवर्क रहेका छन् जसबाट ग्राहकहरुले विदेशबाट आएको रकम तुरुन्तै पाउन सकिन्छ।

तेस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने,“ कार्य संचालनको ३ वर्षमै इसेवा मनी ट्रान्सफरले छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियामक निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभ चिन्तकहरुलाई दिन चाहन्छु।”

यसका साथै डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै कम्पनीले ’मेरो डिजिटल देश’ अभियान सुरु गरेका छौँ, जस अन्तर्गत ६ जना भाग्यशाली विजेताहरुलाई घरमै गएर उपहार हस्तान्तरण गरेको छ साथै एक जना भाग्यशाली विजेताले काठमाडौँमा नयाँ घर जित्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार