
काठमाडौं ।
होन्डा आफ्नो ईएम१ ई-इलेक्ट्रिक मोटरसाइकलको साथ ई–मोबिलिटी बजारमा प्रवेश गर्ने भएको छ। साथै उक्त नयाँ इलेक्ट्रिक मोटरसाइकल जापानी अटोमेकरको पहिलो उत्पादनको इलेक्ट्रिक मोटरसाइकल भएको उल्लेख गरिएको छ। कम्पनीले २०२५ सम्ममा आफ्नो १० वटा विभिन्न विद्युतीय दुई पाङ्ग्रे मोडलहरू उपलब्ध गराउने योजना घोषणा गरेको एक वर्षपछि यो नयाँ मोडल आएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
होन्डा ईएम१ इ होन्डाको पहिलो इलेक्ट्रिक मोपेड भएको बताइएको छ। यस इलेक्ट्रिक मोपेडमा रहेको १.७ किलोवाटको मोटरले ९० एनएमको अधिकतम टर्क उत्पादन गर्ने र ४५ किलोमिटर प्रति घन्टाको टप स्पीड प्रदान गर्ने दाबी गरिएको छ। ईएम१ इले २०२२ मा अनावरण गरिएको यामाहा नियो ई–स्कुटरसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।
होन्डा ईएम१ इ इलेक्ट्रिक स्कूटर यसको ५०सीसी आईसीई बाइकको इलेक्ट्रिक संस्करण हो
होन्डा ईएम१ ई ‘होन्डा मोबाइल पावर प्याक इ’ नामक होन्डाको सेल्फ–डेभलप्ड रिमुभेबल लिथियम आयन ब्याट्रीसँग आउने बताइएको छ। साथै इकोनको बेस मोडमा बाइकले ४८ किलोमिटरको राइडिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यद्यपि, कम्पनीले भने डब्ल्यूएमटीसी क्लास १ परीक्षणको क्रममा ३० किलोमिटरको रेन्ज प्रदान गरेको भनी रिपोर्ट गरेको बताइएको छ। त्यसैगरी चार्जिङ स्पीडका अनुसार ई–स्कुटर २ घण्टामा ० देखि ५० प्रतिशतसम्म चार्ज हुने उल्लेख गरिएको छ । होन्डा ईएम१ ई पूर्ण रूपमा रिचार्ज गर्न भने ६ घण्टा लाग्ने बताइएको छ।
होन्डाले यो बाइक सेतो, सिल्भर (चाँदी) र कालो गरी तीनओटा कलर (रङ्ग) भेरियन्टमा उपलब्ध गराउने योजना बनाएको छ । साथै बाइकमा फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक सँग आउने बताइएको छ। सस्पेन्सन स्सिटम (प्रणाली) मा टेलिस्कोपिक फोर्कहरू र पछाडि भने ट्विन सक्सहरू हुने उल्लेख गरिएको छ।
यस नयाँ ई–बाइकको आधिकारिक रिलीजको बारेमा कुनै मिति नतोकियको तर यस वर्षको पछितिर लन्च हुने आशा गरिएको छ। साथै यस नयाँ होन्डा ई–बाइकको मूल्य निर्धारणको बारेमा पनि जानकारीको अभाव रहेको उल्लेख गरिएको छ। होन्डाको यो नयाँ ई–बाइक किफायती र प्रतिस्पर्धी मूल्य ट्यागको साथ आउने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ बैशाख २०८०, आईतवार