भारतीय टेलिकम अपरेटर भोडाफोन आइडियाले एकै महिनामा गुमायो २० लाख ग्राहक

  • Technology Khabar | ३१ बैशाख २०८०, आईतवार
भारतीय टेलिकम अपरेटर भोडाफोन आइडियाले एकै महिनामा गुमायो २० लाख ग्राहक

काठमाडौं ।

भारतका मोबाइल सेवा प्रदायक कम्पनीहरु रिलायन्स जियो र एयरटेलले गएको फेब्रुअरीमा आफ्नो ग्राहक संख्यामा उल्लेखनिय वृद्धि गरेका छन्। यस अवधिमा एयरटेल र जियोले १९ लाख ८० हजार नयाँ ग्राहक प्राप्त गरेका छन् भने अर्को प्रतिस्पर्धी भोडाफोन आइडियाले २० लाख ग्राहक गुमाएको छ।

फेब्रुअरीमा भोडाफोन आइडियाले २० लाख मोबाइल प्रयोगकर्ता गुमाएको टेलिकम रेगलेटरी अथोरिटी अफ इन्डिया (टीआरएआई)को नयाँ रिपोर्टमा उल्लेख भएको भारतीय मिडियाले लेखेको छ।

भारतीय बजारमा जियो र एयरटेलले फाइभजी सेवा देशभर बिस्तार गरिरहँदा भोडाफोनले भने ५जी शुरु समेत गर्न सकेको छैन् ।जसको असर कम्पनीको ग्राहक संख्यामा समेत देखिएको छ। कम्पनीले छिट्टै फाइभजी ल्याउने बताएपनि कहिले आउनेछ भन्ने जानकारी दिएको छैन्।

रिपोर्टकाअनुसार संभवत सोही कारण पनि भीआई भनेर चिनिने भोडाफोन आईडीयाले ग्राहकहरु ठूलो संख्यामा गुमाएको अनुमान गरिएको छ।

फेब्रुअरीमा जियोले सबै भन्दा बढी लाभ हासिल गरेको छ। उक्त महिनामा जियो नेटवर्कमा १० लाख नयाँ ग्राहक जोडिएका छन्। र, कम्पनीको ग्राहक संख्या ४२ करोड ७१ लाख पुगेको छ। जनवरीमा जियोका कुल ग्राहक ४२ करोड ६१ लाख थिए।

फेब्रुअरीमा ९ लाख ८२ हजार नयाँ ग्राहक थप्न सफल भएको एयरटेलको ग्राहक ३६ करोड ९८ लाख पुगेको छ। २० लाख गुमाएको भोडाफोनसँग २३ करोड ७९ लाख मोबाइल ग्राहक छन्।

भारतमा ब्रोडब्याण्ड सब्सक्राइबरको संख्यामा पनि वृद्धि भएको छ। हाल भारतमा ब्रोडब्याण्ड प्रयोगकर्ता ४३५.२० मिलियन पुगेका छन्। यसमा सबैभन्दा ठूलो हिस्सा जियोको छ।

जियोसँग ४३५.२० मिलियन, एयरटेलसँग २३९.७० मिलियन, भोडाफोन आइडियासँग १२३.७४, बीएसएनएलसँग २४.९२ मिलियन र एट्रिया कन्भर्जेन्ससँग २.१४ मिलियन ब्रोडब्याण्ड सब्सक्राइबर छ। भारतमा वायरलेस सब्सक्राइबर्सको संख्यामा कमी आएको छ। जनवरीमा यसको संख्या ११४.३ करोड थियो भने फेब्रुअरीमा ११४.१ करोडमा झरेको छ।

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार