ढोका फोडेर विद्यालयभित्र रहेको १० थान कम्प्युटर चोरी

  • Technology Khabar | ३० बैशाख २०८०, शनिबार

काठमाडौं ।

सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा बिहीबार राति चोरी भएको छ। ढोकाको चुकुल फोडेर भित्र रहेका कम्प्युटर र अन्य सामग्री चोरी भएको प्रधानाध्यापक हरिनारायण महतोले जानकारी दिए।

अज्ञात व्यक्तिले विद्यालयभित्र रहेको १० थान कम्प्युटर र खेलकुद सामग्री चोरेर लगेका हुन्। शुक्रबार बिहान पठनपाठनका लागि विद्यालयमा पुग्दा कोठाको चुकुल बङ्ग्याएर भित्रका सामग्री चोरी गरेर लगेको पत्ता लागेको हो । विद्यालयबाट करिब १५ लाख रुपियाँ बराबरको कम्प्युटर र खेल सामग्री चोरी भएको प्रधानाध्यापक महतोको भनाइ छ।

विद्यालयमा भएको यो चोरीको घटनाले स्थानीय बासिन्दा निराश भएका छन्। प्रहरीले भने चोरीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: ३० बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया