
काठमाडौं ।
नेपाल टेलिकमको आ.व. २०७९/८० को तेस्रो त्रैमासिकमा कुल आम्दानीमा सुधार भएको छ भने नाफामा कमी आएको छ।
कम्पनीले आज सार्वजनिक गरेको आ.व. २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानीमामा वृद्धि हुनुमा हुनुमा डाटा सेवामा सुधार हुनु र घरेलु अन्तरआवद्धता तर्फको संचालन खर्च कम हुनुलाई कारण मानेको छ।
गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्ममा रु ८७ करोड २९ लाख ६४ हजार (अर्थात, ३.०९ प्रतिशत) ले कमी भई रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजार रहेको छ।
यस्तै गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको कुल आय रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा कुल आय रु. ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत ) ले वृद्धि भई रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजार रहेको छ।
गत आ.व. को नौ महिनाको अवधि(२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको छ
गत आ.व.को नौ महिनाको अवधिको तुलनामा चालु आ.व.को सोही अवधि सम्मको खुद मुनाफा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको जनाएको छ:-
४.३ गैर कार्य संचालन आयमा भएको परिवर्तन:
प्रकाशित: ३० बैशाख २०८०, शनिबार