अनरको नयाँ स्मार्ट ब्यान्ड युरोपमा सार्वजनिक

  • Technology Khabar | ३० बैशाख २०८०, शनिबार

काठमाडौं ।

अनरले नयाँ स्मार्ट ब्यान्ड ‘अनर ब्यान्ड ७’ युरोपेली महादेशमा सार्वजनिक गरेको छ।

यसअघि अनरले गत बर्षको डिसेम्बरमा २४९ युआन (३६ डलर) को किफायती मूल्य ट्यागको साथ चीनमा ब्यान्ड ७ फिटनेस ट्र्याकर लन्च गरेको छ।

अनरको ब्यान्ड ७ अब युरोजोन ग्राहकहरुका लागि नयाँ मिटिओराइट ब्ल्याक कलर अप्सन (कालो रङ्गको विकल्प) मा उपलब्ध भएको र यसको मूल्य ५९.९९ युरो रहेको गीज्मोचाइनामा उल्लेख छ। बेलायतमा ब्यान्ड ७ एमीर्लड ग्रीन, मिटिओराइट ब्ल्याक, र कोरल पिन्क गरी तीन फरक रङ्गहरुको विकल्पहरूमा प्रस्तुत गरिनुका साथै ४९.९९ पाउण्डको मूल्य ट्याग रहेको बताइएको छ।

अनर ब्यान्ड ७ को स्पेक्सहरूः

अनर ब्यान्ड ७ को डिजाइन यसको पूर्ववर्तीसँग मिल्दोजुल्दो रहेको बताइएको छ। यस ब्यान्ड ७ मा फिचर गरिएको रेक्ट्र्एंगुलर (आयताकार) डायल सहज रूपमा स्ट्र्याप र हाई–ग्लोस मेटल केससँग मर्ज भएको बताइएको छ। यस डिभाइसमा १.४७ इन्चको कलर एमोलेड डिस्प्ले रहेको र त्यसलाई २.५डी कर्भ ग्लासद्वारा सुरक्षित गरिएको छ।

फिटनेस ट्र्याकिङको सन्दर्भमा ब्यान्ड ७ मा सम्पूर्ण स्ट्यान्डर्ड फिचरहरु समावेश गरिएको छ। ब्यान्ड ७ मा अल–वेदर बल्ड अक्सिजन मोनिटरिङ्ग, हार्ट रेट मोनिटरिङ (हृदय गति निगरानी) र स्लिप (निद्रा) ट्र्याकिङ जस्ता मानक फिचरहरु समावेश गरिएका छन्। त्यसैगरी ब्यान्ड ७ मा ९६ भन्दा बढी स्पोर्ट (खेल) मोडहरूसँगै यसले विभिन्न स्पोर्ट (खेल) गतिविधिहरू पनि ट्र्याक गर्न सक्नेछ।

अनर ब्यान्ड ७ मा सामान्य प्रयोग गर्दा १४ दिन टिक्ने र भारी प्रयोग गर्दा १० दिनसम्म टिक्ने ब्याट्री समावेश गरिएको छ। यसले कनेक्टिभिटीको लागि फास्ट चार्जिङ र ब्लुटुथ ५.२ समर्थन गर्ने उल्लेख छ। त्यसैगरी रिमोट कन्ट्रोल फोटोग्राफी र म्यूजीक प्लेब्याक कन्ट्रोलहरू पनि थपरूपमा रहेको बताइएको छ। साथै अनर ब्यान्ड ७ एन्ड्रोइड ९.० र आईओएस ११.० मा चल्ने डिभाइसरूसँग पनि कम्प्याटिबल भएको उल्लेख गरिएको छ।

प्रकाशित: ३० बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया