ट्विटरमा नयाँ महिला सीईओ नियुक्त हुँदै

  • Technology Khabar | २९ बैशाख २०८०, शुक्रबार
ट्विटरमा नयाँ महिला सीईओ नियुक्त हुँदै

काठमाडौं ।

इलन मस्कले ट्विटरको नेतृत्व गर्न नयाँ प्रमुख कार्यकारी पाएको बताएका छन्।

मस्कले ट्विटरको नयाँ प्रमुख कार्यकारीको नाम भने खुलासा गरेका छैनन्, तर उनले ६ हप्तामा काम सुरु गर्ने बताएका छन्।

मस्कले आफू कार्यकारी अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी (सीटीओ) को भूमिकामा रहने ट्वीटमार्फत जानकारी दिएका छन्।

मस्कको यो घोषणासँगै नयाँ सीईओ को हुने भन्ने चर्चा शुरु भएको छ। मस्कले सीईओको रुपमा महिला उल्लेख गरेकाले सम्भावित सीईओको रुपमा लिन्डिया याकारिनोलाई हेरिएको छ।

पेन स्टेट विश्वविद्यालयबाट लिबरल आर्ट्स र टेलिकम्युनिकेशन्समा याकारिनोले पोस्टग्राजुएट गरेकी हुन्।

उनी एनबीसी युनिभिर्सलमा विगत एक दशकभन्दा बढी समयदेखि कार्यरत छिन्। उनले विज्ञापनको प्रभावकारितालाई थप राम्रो तरिकाले मापन गर्नुपर्नेमा लबिङ गर्दै आइहेकी छिन्।

मस्कको पहिले नै याकारिनोसँग मैत्रीपूर्ण सम्बन्ध छ, जसले गत महिना मियामीमा एउटा प्रमुख विज्ञापन सम्मेलनमा उनीसँग अन्तर्वार्ता लिएकी थिईन र उनलाई स्टेजमा मस्कले “मित्र“ र “बडी“ भनेका थिए। हालै, ट्विटर र एनबीसीयूले आफ्नो ओलम्पिक खेल साझेदारी विस्तार गरेको छ।

मस्कलाई ट्विटरमा नयाँ प्रमुख नियुक्त गर्न र आफ्नो अन्य व्यवसायमा ध्यान केन्द्रित गर्न दबाब थियो।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार