
काठमाडौं ।
सरकारले अनलाइन सञ्चार माध्यम दर्ताको व्यवस्था समेत गरेको छ। छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गर्दै अनलाइन सञ्चार माध्यम दर्ता गर्ने व्यवस्था गरेको हो।
हालै संसदमा दर्ता भएको केही नेपाल ऐन संशोधनमार्फत् अनलाइन सञ्चार माध्यम दर्तालाई व्यवस्थित गर्न खोजेको छ।
सरकारले अनलाइन सञ्चार माध्यमको व्याख्या समेत गरेको छ।
“पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गिकार गरी इन्टरनेटको माध्यमबाट संकेत, चिन्ह, अक्षर, आवाज, ग्राफिक्स, गीत, संगीत, भिडिओ, एनिमेसन तथा विभिन्न बहुमाध्यम ९मल्टिमिडिया० को प्रयोग गरी सन्देशमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्यदृश्यको रूपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्ने प्रक्रिया वा माध्यम सम्झनु पर्छ”, विधेयकमा उल्लेख छ।
विधेयकले सञ्चार माध्यम दर्ताका लागि स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था समेत गरेको छ।
प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार