
काठमाडौं ।
गुगलको यस वर्षको डेभलपर्स कन्फ्रेन्स अर्थात गुगल आई/ओ २०२३ कीनोट कार्यक्रम सम्पन्न भएको छ। बुधबार अयोजना गरिएको उक्त कार्यक्रममा गुगलले नयाँ पिक्सेल डिभाइसहरूको साथसाथै एन्ड्रोइड र अन्य प्लेटफर्महरूको नयाँ संस्करणहरू अनावरण गरेको बताइएको छ।
साथै कार्यक्रममा गुगलको एआई प्रशस्त रुपमा देखिएको थियो भने ओपनएआईको च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न गुगलले ठूलो अवसर बनाएको छ। गुगलको उक्त कार्यक्रमको क्रममा घोषणा गरिएका सम्पूर्ण प्रोडक्टहरू यस प्रकार रहेका छन्ः
पिक्सेल फोल्ड
पिक्सेल फोल्ड उक्त शोको आकर्षण भएको थियो। गुगलको पहिलो फोल्डेबल फोन पिक्सेल फोल्डमा पिक्सेल ७ प्रोको जस्तै टेन्सर जी२ चिप रहेको र यस स्मार्टफोनमा पुस्तक जस्तै खोल्न मिल्न ७.६ इन्चको डिस्प्ले रहेको छ। साथै पिक्सेल फोल्ड स्मार्टफोनमा ५.८ इन्चको एक्सटर्नल डिस्प्ले पनि समावेश गरिएको छ। त्यसैगरी स्मार्टफोनमा ४८–मेगापिक्सेलको मुख्य क्यामरा, १०.८–मेगापिक्सेलको टेलिफोटो र अल्ट्रा–वाइड लेन्सहरूका साथै ८ मेगापिक्सेलको इन्टर्नल शूटर रहेका छन्। पिक्सेल फोल्ड स्मार्टफोनलाई फोल्ड गर्दा यसको मोटाई ०.४८ इन्च मत्र हुने भएकाले यस स्मार्टफोनलाइ पातलो फोल्डेबलहरू मध्ये एक भएको दाबी गरिएको छ। साथै यस स्मार्टफोन प्रि–अर्डरको लागि उपलब्ध भएको र आगामि जुन महिना देखि १,७९९ डलरमा बिक्री गरिने बताइएको छ।
पिक्सेल ७ए
गुगलको बजेट (मिड–रेन्ज) फोनले भर्खरै महत्त्वपूर्ण अपग्रेड प्राप्त गरेको छ। पिक्सेल ७ए मा आफ्नो महङ्गो समकक्षी पिक्सेल ७ को जस्तै टेन्सर जी२ समावेश गरिएको बताइएको छ। साथै यस पिक्सेल ७ए स्मार्टफोनमा पहिलेका ए–सिरिज मोडलहरूमा छुटेका स्मुथ ९० हर्ट्ज डिस्प्ले, ६४ मेगापिक्सेलको मुख्य क्यामरा र वायरलेस चार्जिङ जस्ता फिचरहरू थपिएको उल्लेख गरिएको छ। यस स्मार्टफोनलाई अर्डर गर्नको लागि यसको पूर्ववर्ती भन्दा ५० डलर बढी अर्थात ४९९ डलर पर्ने बताइएको छ।
पिक्सेल ट्याब्लेट
गुगलले एक वर्ष अघि पहिलो पटक टिज गरेको पिक्सेल ट्याब्लेट अन्ततः एन्ड्रोइड–पावर्डयुक्त हुँदै तयार भएको छ। गत जाडोमा उल्लेख गरिए अनुसार पिक्सेल ट्याब्लेट वास्तवमै हाइब्रिड ११ इन्चको स्मार्ट डिस्प्ले रहेको छ।
पिक्सेल ट्याब्लेटलाई स्पिकर डकमा राख्न मिल्ने भएकाले यसले गूगल असिस्टेन्ट हब र क्रोमकास्ट डिभाइसको रूपमा सर्भ गर्ने तर भिडियोहरू हेर्न वा सामाजिक फिडहरू चेक गर्न तयार भएको खण्डमा भने डिट्याच (अलग) हुने बताइएको छ। साथै यस ट्याब्लेटमा पिक्सेल ७ को जस्तै टेन्सर जी२ समावेश गरिएको र यसले घण्टाको ब्याट्री लाइफ प्रदान गर्ने उल्लेख गरिएको छ। त्यसैगरी ट्याब्लेटले पेन सपोर्ट गर्ने बताइएको छ। पिक्सेल ट्याब्लेट प्रि–अर्डरको लागि ४९९ डलरमा उपलब्ध भएको उल्लेख गरिएको छ।
एन्ड्रोइड १४
गूगलले आई/ओ मा पूर्ण रूपमा एन्ड्रोइड १४ अनावरण गरेको छ। प्रमुख संशोधनको रुपमा पूर्वावलोकनहरूमा देखिएका कस्टम सेयरिङ्ग फिचर्सका साथै स्ट्रिक सेक्युरिटी जस्ता अपग्रेडहरू समावेश गरिएको बताइएको छ। त्यसैगरी यसमा आईओएस १६–शैलीको लक स्क्रिन कस्टमाईजेसन फिचर पनि थपिएको हुनाले यसको “सिनेम्याटिक” वालपेपरले सब्जेक्ट स्ट्याण्ड आउट हुने (विषयहरूलाई अलग बनाउने) बताइएको छ। साथै इमेजेज र कला शैलीहरूमा क्यूड भएका एआई–उत्पन्न वालपेपरहरू पनि देखिने बताइएको छ। गुगलले यस गर्मीको अन्त्यमा नयाँ ओएस जारी गर्ने बताइएको छ। साथै गुगलले सुरुमा पिक्सेल प्रयोगकर्ताहरूलाई अपग्रेड प्रदान गर्ने अपेक्षा गरिएको छ।
वेयर ओएस
गुगल अझै पनि आफ्नो वेयर ओएस स्मार्टवाच प्लेटफर्म सुधार गर्नको लागि प्रतिबद्ध रहेको देखिएको छ। कम्पनीले आई/ओमा लामो समयदेखि खोजिएको जिमेल र क्यालेन्डरका लागि नेटिभ वाच एप्स प्रस्तुत गरेको छ। उक्त एप्समार्फत आफ्नो नाडीबाट आफ्ना सन्देशहरू र तालिकाहरू व्यवस्थापन गर्न सकिने छ। साथै वेयर ओएसमा ह्वाट्सएप पनि आउने उल्लेख गरिएको छ। त्यसैगरी गुगलले वेयर ओएस ४ को लागि आफ्नो पहिलो डेभलपर्स प्रिभ्यू (विकासकर्ता पूर्वावलोकन) पनि रिलिज गरेको छ। यस प्रमुख अपडेटले ब्याट्री लाइफ र कार्यसम्पादनका साथै सामान्य वाच ब्याकअप र थप पहुँचको प्रतिज्ञा गर्दछ। सम्पूर्ण नयाँ सफ्टवेयर यस वर्षको अन्तिममा आइपुग्ने उल्लेख गरिएको छ।
पाल्म २ एआई मोडल
गुगलले पाल्म २ एआई ल्याङ्गवेज मोडलको अनावरण गरेको छ। यसले बार्ड लगायत कम्पनीका दुई दर्जनभन्दा बढी उत्पादनहरूलाई अण्डरपिन गर्ने बताइएको छ। साथै यो छिटो र अधिक कुशल हुनुका साथै मोबाइल डिभाइसहरूमा स्थानीय रूपमा चल्न सक्ने उल्लेख गरिएको छ। साथै यो धेरै भाषाहरू ह्यान्डल गर्नमा अधिक माहिर भएको र यसले जाभास्क्रिप्ट र पाइथन कोड उत्पन्न गर्न सक्ने बताइएको छ।
सर्च ल्याब्स
गुगलका धेरै एआई–सम्बन्धित परिचयहरू मध्ये तीन परीक्षण फिचर्स सर्च ल्याबहरू मार्फत उपलब्ध भएको उल्लेख गरिएको छ। सर्च जेनेरेटिभ एक्सपिरियन्सले स्वचालित रूपमा उत्पन्न ओभरभ्यू, अन्वेषण सूचकहरू र फलोअपहरू प्रदान गर्दछ। कोड टिप्स (सुझावहरू) ले प्रोग्रामिङ स्निपेटहरू र सल्लाहहरू पनि प्रदान गर्नेछ।
बार्ड
गुगलले बार्डको क्षमताहरू द्रुत रूपमा विस्तार गर्दैछ। पाल्म२ को प्रयोगसँगै जेनेरेटिभ एआई च्याटबोटले छिट्टै नै प्रश्नहरूमा छविहरू समावेश गर्न दिने र यसको प्रतिक्रियाहरूमा चित्रहरू ल्याउने बताइएको छ। यसले गूगल एपहरू (जस्तै डक्स र जीमेलमा निर्यात गर्ने)का साथै साझेदार एडोब फायरफ्लाइ (विचारहरूलाई छविहरूमा रूपान्तरण गर्ने) जस्ता उत्पादनहरूलाई पनि एकीकृत गर्नेछ। बार्ड प्रयोग गर्न धेरै सजिलो हुने बताइएको छ। गुगलले प्रतिक्षा सूची छोड्ने भएको छ र जापानीजका साथै कोरियन समर्थन सहित १८० भन्दा बढी देशहरूमा बार्डलाई अंग्रेजीमा उपलब्ध गराउने भएको छ।
एआइ इन फोटोज एण्ड वर्कस्पेस
गुगलले धेरै एपहरूमा जेनेरेटिभ एआई राख्ने भएको छ। सुरुवात गर्नको लागि, फोटोजले म्याजिक इडिटर समावेश गरिने भएको छ। यसले सब्जेक्ट सार्न, सामग्री थप्न र आकाशलाई प्रतिस्थापन गर्न सक्ने बताइएको छ। यसको प्रयोगात्मक फिचर केही पिक्सेल फोनहरूमा आगामि फलमा उपलब्ध हुने बताइएको छ।
जेनेरेटिभ एआई ड्युएट एआई मार्फत कोर वर्कस्पेस एपहरूमा पनि उपलब्ध हुनेछ। मोबाइलमा जीमेलले सन्देशहरू लेख्न मद्दत गर्नेछ। स्लाइडहरूले टेक्स्ट डिस्क्रीप्सन (विवरण)हरू प्रयोग गरेर ब्याकग्राउण्ड ईमेज (पृष्ठभूमि छवि) हरू सिर्जना गर्न मद्दत गर्नेछ। एआईले सिट्समा डाटाको विश्लेषण गर्नेछ भने डक्सले “सहयोगित लेखन” प्रदान गर्नेछ। साथै मिटले युनिक (अद्वितीय) भिडियो कल ब्याकग्राउन्डहरू सिर्जना गर्न प्रविधि प्रयोग गर्नेछ।
एभ्रीथिङ्ग एल्स
गुगलका अन्य उत्पादनहरूमा पनि धेरै महत्त्वपूर्ण अपडेटहरू गरिएको बताइएको छ। प्रोजेक्ट टेलविन्ड एक एआई–संचालित पर्सनल (व्यक्तिगत) नोटबुक भएको उल्लेख गरिएको छ। पुनः डिजाइन गरिएको होम एप अब सबैका लागि म्याटर समर्थनको साथ आईओएस प्रयोगकर्ताहरूलाई आगामी हप्ताहरूमा उपलब्ध हुने फाइन्ड माई डिभाइसले चाँडै नै हार्डवेयरको फराकिलो दायरालाई समर्थन गर्ने र अननोन ट्र्याकर्स (अज्ञात ट्र्याकरहरू) पत्ता लगाउन मद्दत गर्ने बताइएको छ। त्यसैगरी गुगल म्याप्सले मार्गहरूमा इमर्सिभ भ्यू ल्याउने उल्लेख गरिएको छ।
प्रकाशित: २८ बैशाख २०८०, बिहीबार