अनलाइनमार्फत सामान खरिद गर्दा सतर्क हुन बाणिज्यको आग्रह

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
अनलाइनमार्फत सामान खरिद गर्दा सतर्क हुन बाणिज्यको आग्रह

काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइनमार्फत व्यापार व्यवसाय गर्ने व्यापारी र खरिद गर्ने उपभोक्तालाई सचेत गराएको छ।

विभागका अनुसार विभागमा पछिल्लो पटक अनलाइनमार्फत सामान खरिद गर्दा ढुवानी रकम एउटा राख्ने र लिने बेलामा राखेको भन्दा दोब्बरसम्म लिने गरेका उजुरी आउने क्रम बढेकाले त्यस्ता व्यापारीबाट सतर्क रहन आमउपभोक्तालाई आग्रह गरेको हो ।

विभागका निर्देशक तथा होमनाथ भट्टराईले विभागमा आएका उजुरी हेर्दा अनलाइनमार्फत सामान खरिद गर्दा ढुवानीमा मात्रै नभएर सामानको गुणस्तरमा समेत धेरै उपभोक्ता ठगिएका उजुरी आएको जानकारी दिए। उनले अनलाइनमार्फत आकर्षक तस्बिर देखाएर ठगी गर्ने क्रम बढेकाले सामान खरिद गर्दा गुुणस्तर र विश्वसनीय कम्पनी हेरेर मात्रै खरिद गर्नसमेत उपभोक्तालाई आग्रह गरे।

साथै विभागले विज्ञप्तिमार्फत आमउपभोक्ताले यसरी अनलाइनमार्फत सामग्री खरिद गर्नुुअगाडि खरिद गर्ने सामग्री र त्यसको अधिकतम खुद्रा मूल्य, गुणस्तर, बिल बीजक, सुरक्षित उपभोग्य अवधि जस्ता महŒवपूर्ण पक्षमा प्रश्न गरी ढुक्क भएपछि मात्रै सामानको खरिद प्रक्रिया गर्न आग्रह गरिएको छ।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार