३९ प्रतिशतले घट्यो टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
३९ प्रतिशतले घट्यो टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात

काठमाडौं ।

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात घट्दो क्रममा देखिएको छ।

नेपाल राष्ट्र बेंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तयि स्थितिको आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म २७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

गत आर्थिक वर्ष २०७८/२०७९ को चैत मसान्तसम्म ४५ अर्ब २९ करोड ११ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्ष टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात १७ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ अर्थात ३८.९ प्रतिशतले कमि आएको छ।

नेपालमा सबैभन्दा धेरै टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात हुने गरेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो ९ महिनामा चीनबाट १९ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

भारतबाट ६ अर्ब २० करोड २६ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको देखिन्छ।

अन्य मुलुकहरुबाट २ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार