ट्विटरमा चाँडै कल र एन्क्रिप्टेड म्यासेजको सुविधा प्राप्त हुने

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
ट्विटरमा चाँडै कल र एन्क्रिप्टेड म्यासेजको सुविधा प्राप्त हुने

काठमाडौं ।

ट्विटरका प्रमुख कार्यकारी इलन मस्कले मंगलबार प्लेटफर्ममा आउन लागेका कलहरु र इन्क्रिप्टेड सन्देशहरु थप्ने सहित नयाँ फिचरको बारेमा विवरण खुलासा गरेका छन्।

गत वर्ष मस्कले ‘ट्विटर २.० एर्भीथिङ एप’ को लागि योजनाहरु फ्ल्याग गरेका थिए। जसमा उनले एन्क्रिप्टेड डाइरेक्ट म्यासेज (डीएम) लङफर्म ट्वीट र भुक्तानी जस्ता फिचर हुने बताएको रोयटर्सले उल्लेख गरेको छ।

‘चाँडै आउँदैछ यो प्लेटफर्ममा तपाईंको ह्यान्डलबाट जो कोहीसँग भ्वाइस र भिडियो च्याट हुनेछ, ताकि तपाईं आफ्नो फोन नम्बर नदिई संसारको जुनसुकै ठाउँमा मानिसहरूसँग कुरा गर्न सक्नुहुन्छ,’ मस्कले मंगलबार ट्वीटमा भने।

ट्विटरको कल फिचरले माइक्रो–ब्लगिङ प्लेटफर्मलाई मेटाको सोसल मिडिया एप्स, फेसबुक र इन्स्टाग्रामसँग मिल्दोजुल्दो बनाउने छ, जसमा समान फिचर हुनेछन्।

मस्कले एन्क्रिप्टेड डाइरेक्ट म्यासेज भर्सन बुधबारदेखि ट्विटरमा उपलब्ध हुने बताए, तर कलहरू ईन्क्रिप्ट हुनेछ कि छैनन् भनेर बताएनन्।

ट्विटरले यस हप्ता देखि धेरै वर्षदेखि निष्क्रिय रहेका एकाउन्टहरु हटाउने र अभिलेख सझा गर्ने प्रक्रिया सुरु गर्ने बताएको थियो।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...