थ्री गीगाहर्ज प्राइम सीपीयू कोरसहितको मिडियाटेक डाइमेन्सिटी ८०५० घोषणा

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
थ्री गीगाहर्ज प्राइम सीपीयू कोरसहितको मिडियाटेक डाइमेन्सिटी ८०५० घोषणा

काठमाडौं ।

मिडियाटेकले भर्खरै डाइमेन्सिटी ८०५० नामक नयाँ चिपको घोषणा गरेको छ। मिडियाटेकको उक्त नयाँ चिप मूलतया डाइमेन्सिटी १३०० र १२०० सँग मिल्दोजुल्दो भएको हुनाले नामले मात्र नयाँ चिप भएको दाबी गरिएको छ।

मिडियाटेकको नयाँ डाइमेन्सिटी ८०५० चिप टीएसएमसी को एन६ (६एनएम) प्रक्रियामा निर्माण गरिएको र ५जी मोडमसँग आउने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

अक्टा–कोर प्रोसेसरमा चारओटा फास्ट कोर्टेक्स–ए७८ कोरहरुका साथै चारओटा इफिसियन्ट कोर्टेक्स–ए५५ कोरहरु रहेका छन्। कोर्टेक्स–ए७८ युनिट (इकाइ)हरू वास्तवमा ३गीगाहर्ज सम्म चल्ने १ सुपर कोर र २.६गीगाहर्ज सम्म टिकिङ्ग हुने तीनओटा पर्फमेन्स कोरहरू बीच विभाजित भएको उल्लेख गरिएको छ। चिपसेट्सले १६ जीबीसम्मको एलपीडीडीआर४एक्स र्याम र यूएफएस ३.१ स्टोरेज समर्थन गर्ने बताइएको छ।

त्यसैगरी ९ओटा कोरहरुका साथ आर्म माली–जी७७ ले ग्राफिक्सको जिम्मा लिएको छ। डाइमेन्सिटी ८०५० ले ४के भिडियो क्याप्चर र १६८ हर्ट्जको अधिकतम रिफ्रेस रेटको साथ २५२०x१०८०पीएक्स भएको अधिकतम डिस्प्ले रिजोल्युसनलाई समर्थन गर्ने उल्लेख गरिएको छ।

साथै आईएसपीले २०० मेगापिक्सेलसम्मको क्यामराहरूलाई समर्थन गर्ने बताइएको छ।

त्यसैगरी डाइमेन्सिटी ८०५० भर्खरै घोषणा गरिएको टेक्नो क्यामन २० प्रिमियर ५जी भित्र समावेश गरिएको छ।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २८ बैशाख २०८०, बिहीबार