
काठमाडौं ।
आईटी क्षेत्रलाई संस्थागत गरेर युवालाई आकर्षण गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्। बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताको छलफलको क्रममा अर्थ मन्त्री डा. महतले आईटी क्षेत्रलाई संस्थागत गरेर युवालाई आकर्षण गर्ने बताएका हुन्।
‘कोभिडको समयमा पछि आईटी क्षेत्रमा ठूलो संख्यामा युवाहरु संलग्न छन्,’ उनले भने, ‘त्यसलाई व्यवस्थित, औपचारिक र संस्थागत रुपमा ल्याउन सकेका छैनौं।’
यस्तो गर्न सकिए उनीहरुलाई सहजता हुने र विदेश पलायन नहुनका साथै स्वदेशमै आम्दानी सिर्जना हुने उनको विश्वास छ।
‘आईटीमा काम गर्न कुनै सीमा पार गर्नु पर्दैन,’ उनले भने, ‘यहीँ कम्प्युटरमा बसेर सफ्टवेयर निर्माण गर्न सकिन्छ।’ यसलाई प्राथमिकता दिनुपर्छ र युवाहरुलाई यसरी नै आकर्षण गर्न सकिने उनको भनाई छ।
स्टार्टअप, नवप्रवर्दन, आविष्कार र अनुसन्धानमा लगानी बढाउनु पर्नेमा उनको जोड छ। यसका लागि हाम्रोमा संरचनागत समस्या छन्।
‘हाम्रो परम्परागत सोच परिवर्तन भएको छैन। जे भइरहेको त्यही गर्ने। अलिकति तल माथि गर्ने प्रवित्ती छ,’ उनले थपे, ‘यसलाई सुधार गर्नुपर्छ।’
प्रकाशित: २७ बैशाख २०८०, बुधबार