
काठमाडौं ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भ्याटदेखि भन्सारसम्म डिजिटल कर लागू गर्न माग गरेका छन्। उनले बुधबार संसदमा भ्याटदेखि भन्सारसम्म डिजिटल कर लागू गर्न अर्थमन्त्रीसँग माग गरेका हुन्।
‘अधिकांश नागरिकले वार्षिक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वार्षिक करिब लाखौं रुपैयाँ कर तिर्छन्। तर तिरेको कर राज्य कोषमा दाखिला हुनुको सट्टा कर्मचारी र विचौलियाको खल्तीमा दाखिला हुन्छ,’ अर्थमन्त्रीलाई अनुरोध गर्दै उनले भने, ‘भ्याटदेखि भन्सार करसम्म डिजिटल कर प्रणाली लागु गर्नुहोस्। त्यो सिद्धान्त र प्राथमिकतामा राख्नुहोस्। कर दर नबढाई खबौं रुपैयाँ राज्य कोषमा दाखिला हुन्छ। त्यसले विदेशी ऋण लिनु पर्दैन र स्वदेशमा आवश्यक पैसा कमाउन सकिन्छ।’
हाल संसदमा २०८०/८१ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल चलिरहेको छ।
प्रकाशित: २७ बैशाख २०८०, बुधबार