गुगल पिक्सेल ७ए को प्रोमो भिडियो आधिकारिक अनावरण अघि लीक

  • Technology Khabar | २७ बैशाख २०८०, बुधबार
गुगल पिक्सेल ७ए को प्रोमो भिडियो आधिकारिक अनावरण अघि लीक

काठमाडौं ।

बुधबार हुने गुगल आई/ओ २०२३ मा गुगल पिक्सेल ७ए अनावरण गरिने भएको छ। साथै गुगल पिक्सेल ७ए अनलिक्सद्वारा लीक गरिएको आधिकारिक प्रोमो भिडियोमा देखा परेको छ।

उक्त भिडियोमा कुनै खास नयाँ कुराहरु प्रस्तुत नगरिएको तर भिडियोले अघिल्लो चुहावटलाई पुष्टि गर्दै पिक्सेल ७ए लाई विभिन्न रङ्गहरूमा देखाएको उल्लेख गरिएको छ। भिडियोमा गत महिनाको अन्त्यमा लीक भएको रातो संस्करण भने समावेश नगरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

अघिल्लो लीक्सहरुले गुगल पिक्सेल ७ए टेन्सर जी२ एसओसी, टाइटन एम२ चिप र ६.१ इन्च फुलएचडीप्लस(+) ९० हर्ट्ज डिस्प्लेको साथ आउने खुलासा गरेको थियो। साथै स्मार्टफोनमा आईपी६७ रेटिङ्ग रहेको र यसले वायरलेस चार्जिङ समर्थन गर्ने बताइएको छ। त्यसैगरी स्मार्टफोनमा ६४ मेगापिक्सेलको प्राइमेरीका साथै १३ मेगापिक्सेलको अल्ट्रावाइड र १३ मेगापिक्सेलको सेल्फी गरेर तीनओटा क्यामराहरू फिचर गरिने उल्लेख गरिएको छ। स्मार्टफोनमा फोटो अनब्लर, म्याजिक इरेजर र नाइट साइट पनि उपलब्ध हुने बताइएको छ।

अफवाह अनुसार गुगल पिक्सेल ७एको मूल्य ४९९ अमेरिकी डलर रहेको र अनावरण पछि तुरुन्तै बिक्रीको लागि जाने उल्लेख गरिएको छ। साथै गुगल आई/ओ २०२३ मा पिक्सेल फोल्ड पनि अनावरण गरिने बताइएको छ। यद्यपी पिक्सेल फोल्ड भने आगामी जुन २७ देखि स्टोरहरूमा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार