Technology Khabar २७ बैशाख २०८०, बुधबार
काठमाडौं ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको डाटा सुरक्षित नहुने देशमा डिजिटल इकोनोमी कसरी सम्भव हुन्छ भन्ने प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले भने, ‘जुन देशमा सरकारको डाटा सुरक्षित छैन। त्यो देशमा डिजिटल इकोनोमीले कसरी काम गर्छ।’
यहाँ डिजिटल इकोनोमीको कुरा गरिएको छ। डिजिटल इकोनोमीका लागि आवश्यक पर्ने विषय बजेटको प्राथमिकतामा उल्लेख गरिएको छैन।
यसका साथै फ्ल्यूड इन्टरनेट, इन्टरनेटको पूर्वाधार, रेगुलेसन मेकानिजम र हाइपर कनेक्सन नभएको उनको दाबी छ।
प्रकाशित: २७ बैशाख २०८०, बुधबार