नेक्सन इभी म्याक्स सार्वजनिक, मूल्य ४६ लाख ४९ हजार

Technology Khabar २७ बैशाख २०८०, बुधबार

काठमाडौं ।

यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले बुधबारबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ। कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँमा नेपाली बजारमा उपलब्ध गराएको हो।

उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ। उच्चभोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीन ओटा आकर्षक रङ्गहरुमा उपलब्ध छ। त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमताभएको लिथियम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशत बढी रहेको कम्पनीको दाबी छ। यस कारणले यो गाडीले बिना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्ने दाबी गरिएको छ। यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ। यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ।

जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्गकार्य सम्पन्न गर्दछ। नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डीसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

‘नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरुको साथ टाटाले विगत केहि समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा नेक्सन इभी म्याक्सको बजारमा विक्री वितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढहुने हामीले अपेक्षा गरेका छौं,’ टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र भने।

‘अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तो सुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ। साथै, रेञ्ज,आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ। त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छौं’, उनले थपे।

चन्द्रकाअनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ।

त्यस्तै, सिप्रदीग्रुप अफ कम्पनीजÞका अध्यक्ष सिद्धार्थ शमशेर जब राणा नेक्सन इभी म्याक्स नेपाली ग्राहकहरुको बदलिंदो आवश्यकता एवं इच्छालाई परिपूति गर्ने एक नविन सौगात भएको बताए। उनले यो गाडी सिप्रदी र टाटामोटर्सबीचको न्यानो साझेदारीमा एक नयाँ कोशेढुंगा सावित हुनेमा विश्वस्त गरे। राणाका अनुसार सिप्रदी भविष्यका दिनहरुमा टाटा मोटर्सका उच्चस्तरका उत्पादनहरु नेपाली बजारमा निरन्तर ल्याउन सदैव उत्साहित एवं प्रतिवद्ध छ।

अनुभव गर्नुहोस सर्वोत्कृष्टताको

नेक्सन इभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्जस्यता छ। सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकरानाबिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसन सहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ। नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ।

यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ,जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहजतरिकाले मिलाउन सहयोग गर्दछ। ड्राइभिङ्गअवस्थाअनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ। लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ।

नेक्सन इभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगे पछि बल्दछ। यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ। यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्तिआइ–भीबिएसी सहितको इएसपी, हिलहोल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन्।

८वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपी६७द्वारा प्रमाणित पनि छ।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया