आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा रु. १०० बोनस

  • Technology Khabar | २७ बैशाख २०८०, बुधबार
आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा रु. १०० बोनस

काठमाडौं ।

‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरुमार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु. १०० बोनस पाउने छन्।

आइएमई पेले आइएमई रेमिटसँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ। साथै पछिल्लो समयदेखी आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहक वर्गलाई रु.५० बोनस दिदै आईरहेको छ।

यसैक्रममा अब ग्राहक वर्गले अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुनसुकै स्थानबाट मनीग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिट बाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले रु १०० बोनस पाउने जनाएको छ।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...