एप्पल वाच सिरिज ९ मा नयाँ ए१५ बेस्ड चिप समावेश गरिने

  • Technology Khabar | २७ बैशाख २०८०, बुधबार
एप्पल वाच सिरिज ९ मा नयाँ ए१५ बेस्ड चिप समावेश गरिने

काठमाडौं ।

गत वर्ष लन्च गरिएको एप्पल वाच सिरिज ८ मा एस ८ चिप समावेश गरिएको थियो। त्यसैगरी एस ७ चिपले वाच सिरिज ७ लाई र एस६ चिपले वाच सीरीज ६ लाई पावर गरेको थियो।

यद्यपि, ब्लूमबर्गका मार्क गुरम्यानका अनुसार केहि महिनामा आईपुग्ने अपेक्षा गरिएको वाच सिरिज ९ मा अघिल्लो चिपको रिब्याज गरिएको संस्करणको सट्टा नयाँ प्रोसेसर रहने भएको छ।

उक्त नयाँ चिप एप्पलको ए१५ एसओसीमा आधारित हुने भनी गुरमानको विश्वास रहेको र यसले आईफोन १३ सिरिजलाई पावर गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ। यद्यपी, सिरिज ९ को चिप ए१५ भन्दा कति फरक हुनेछ भनेर स्पष्टता नभएको भएतापनि यसले वाच सिरिज ९ को पर्फमेन्स र इफिसेन्सी (प्रदर्शन र दक्षता) मा सुधार ल्याउने आशा गर्न सकिने उल्लेख छ।

एप्पलले आगामी जून महिनाको ५–९ को बीचमा हुने डब्ल्यूडब्ल्यूडीसी २३ मा आफ्नो वाचओएस १० प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै कुपर्टिनो–बेस्ड टेक जायन्टले आफ्नो डेभलपर्स कन्फरेन्स (विकासकर्ता सम्मेलन) मा वाच सिरिज ९ को चिपको बारेमा केहि खुलासा गर्छ वा गर्दैन भन्ने स्पष्ट भईसकेको छैन्।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...