सामसङले ग्यालेक्सी एस २३ सिरिजको क्यामरा अपडेटमा २ एक्स मोड ल्याउने

  • Technology Khabar | २६ बैशाख २०८०, मंगलवार
सामसङले ग्यालेक्सी एस २३ सिरिजको क्यामरा अपडेटमा २ एक्स मोड ल्याउने

काठमाडौं ।

सामसङको ग्यालेक्सी एस२३ स्मार्टफोनहरूमा अद्भुत क्यामरा क्षमताहरू रहेतापनि एउटा सुविधा भने अझै हराइरहेको छ। यसको लागि कम्पनीले चाँडै नै २ एक्स पोर्ट्रेट जुम सक्षम गर्ने भएको सामसङ क्यामरा डेभलपमेन्ट टिमले कोरियाली कम्युनिटी फोरमहरूमा खुलासा गरेको जीएसएमएरिनामा उल्लेख छ।

ग्यालेक्सी एस२३ स्मार्टफोनहरूमा अहिले पोर्ट्रेट मोडमा १एक्स र ३एक्स रहेको र त्यसले १० मेगापिक्सेल सेन्सर र ७० एमएम बराबरको फोकल लेन्थको साथ प्राइमेरी क्यामरा र ३ एक्स टेलिफोटो युनिट बीच टगल गर्नेछ।

नयाँ फिचरले २एक्स जुम ल्याउने र त्यसले डिजिटल जुम र केही कम्प्युटेसनल फोटोग्राफीको साथ नतिजा बढाउनको लागि मुख्य क्यामरा प्रयोग गरिरहने बताइएको छ।

ग्यालेक्सी एस२३ , ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ अल्ट्राको लागि अपडेटेड मोड आइपुगेपछि, ग्यालेक्सी एस२२ सिरिजका साथै ग्यालेक्सी जेड फोल्ड ४लाई पनि पछ्याउने छन्।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...